लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिए
असोज ८
लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरोलो बढेको हो ।
लगातारजसो पानी परिरहेकाले लहरे तरकारी बाली र अन्य तरकारी बालीका बोट सुक्दै गएका छन् । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि किसानले तरकारी बालीबाट नगद आम्दानीको आश मारेका छन् ।
खासगरी चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेर गोडमेल र उपचार नपाउँदा पहेलिएको किसानको भनाइ छ । ‘लगातार पानी परिरहेको छ, गोड्न पाइएन’ जिल्लामै कहलिएका तरकारी उत्पादक किसान बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका जीवछ ठाकुरले बताए । उनले भने,‘गोडमेल नपाएपछि बारीभरि झार बढेर किराको प्रकोप बढ्दा बालीबाटै हात धुने स्थिति आयो ।’
लगातारको वर्षाले काउली, फर्सी, घिरौला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला (लहरा) सुकेका छन् । दुई दिनदेखि मुसलधारे वर्षाले उत्पादन दिने काउली लगायतका बाली सुकेको किसानहरुले सुनाउछन् ।
स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेशा बनाएका हुन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलोनहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गामा आकासे पानीकै भरमा पर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको मुसलधारे वर्षा नै पिरोलो बनेको छ ।
राम्रो उत्पादन भएको चैत, वैशाख, जेठ र असार कोरोना महामारीको लकडाउनले खायो, यता मुसलधारे पानीले पशुपतिनगकै कैलु यादवलेको गुनासो छ ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments