लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिए

6 वर्ष पहिले प्रकाशित

(2077-06-08 B.S.)

1757 पटक देखिएको

असोज ८ 

लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा  पिरोलो बढेको हो । 

लगातारजसो पानी परिरहेकाले लहरे तरकारी बाली र अन्य तरकारी बालीका बोट सुक्दै गएका छन् । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि किसानले तरकारी बालीबाट नगद आम्दानीको आश मारेका छन् ।

खासगरी चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेर गोडमेल र उपचार नपाउँदा पहेलिएको किसानको भनाइ छ । ‘लगातार पानी परिरहेको छ, गोड्न पाइएन’ जिल्लामै कहलिएका तरकारी उत्पादक किसान बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका जीवछ ठाकुरले बताए । उनले भने,‘गोडमेल नपाएपछि बारीभरि झार बढेर किराको प्रकोप बढ्दा बालीबाटै हात धुने स्थिति आयो ।’ 
लगातारको वर्षाले काउली, फर्सी, घिरौला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला (लहरा) सुकेका छन् । दुई दिनदेखि मुसलधारे वर्षाले उत्पादन दिने काउली लगायतका बाली सुकेको किसानहरुले सुनाउछन् । 

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेशा बनाएका हुन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलोनहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गामा आकासे पानीकै भरमा पर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको मुसलधारे वर्षा नै पिरोलो बनेको छ । 

राम्रो उत्पादन भएको चैत, वैशाख, जेठ र असार कोरोना महामारीको लकडाउनले खायो, यता मुसलधारे पानीले पशुपतिनगकै कैलु यादवलेको गुनासो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

11 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

14 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले