आज प्यारो नेपालि रोधीघर धामाकाटप -५ समितिको समुहबाट महोत्तरी नेत्रबिहीनसंघलाई रकम हस्तान्तरण कार्यक्रम सम्पन्न
असोज ९ , गौशाला
आज मिति २०७७ असोज ९ गतेको दिन गौशाला वडा न.४ मा अवस्थीत महोत्तरी नेत्रहीन संघलाइ विदेशमा रहेको प्यारो नेपाली रोधिघर धामाका टप -५ समितिको समूहद्वारा रकम रु.१ लाख १८ हजार हस्तान्तरन कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा विदेशमा स्थापना भएको उक्त समुहको २० जना सदस्यहरुले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा अध्यक्षता गर्नुभएको महोत्तरी नेत्रहीन संघका अध्यक्ष सर्वजित झालाइ उक्त बिदेशी समुहबाट उपस्थित प्रतिनिधिद्वारा सो रकम हस्तान्तरण गरिएको हो प्राप्त रकम तत्कालको लागि ट्रेनिंग व्यवस्थापन खर्च र पछी उद्योग संचालनको लागि उपयोग गरिने महोत्तरी नेत्रहीन संघका सल्लाहकार विरेन्द्र महतोले जानकारी दिनु भएको छ ।

नेपालमा रोजगारी नपाएर यहाका अधिकांस मानिसहरु बिदेशिएका छन् स्वत परिवारको खर्च धान्नको लागि कठिनाइ भैरहेको अवस्थामा पनि प्यारो नेपाली रोधीघर धामाका टप -५ समितिको समुहले यस्तो परोपकारी सहयोग गरेकोमा महोत्तरी नेत्रहीन संघले आभार प्रकट गरेको छ ।
सरकारले रातो कार्ड भएका अपाङ्गहरुलाइ मात्र आवश्यक सुबिधा प्रदान गरेको छ ।जसको कारणले कार्ड नभएका गरिव ,असहाय अपाङ्गहरु उक्त सुबिधाबाट बन्चित भएकोमा अन्याय भएको भनेर प्रदेश न. २ का माननीय भरत प्रसाद साहद्वारा यसप्रति ध्यानाकर्षण गराउन कार्यक्रममा उपस्थित पत्रकारहरुले आह्वान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै माननीय भरत प्रसाद साहले आगामी दिनहरुमा पनि आफुसंग हुन सक्ने आर्थिक तथा अन्य सहयोग निरन्तर रुपमा गर्ने भनेर प्रतिबद्धता जनाउनु भएको छ ।
जुन सहयोगको रुपमा महोत्तरी नेत्रहीन संघले प्राप्त गरेका छन् त्यो रकम निकै कम रहेको छ, तरपनि थोपा थोपा पानी मिलेर नदि बन्दछ र नदि मिलेर समुद्र बन्छ भन्ने भावना बोकेर उक्त रकम सकारात्मक रुपमा खर्च गर्ने महोत्तरी नेत्रहीन संघले जनाएको छ ।
भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय , अपाङ्गहरु शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा सबल हुन्छन जसबाट उनीहरुले कसैको सानो सहयोगबाट पनि आफ्नो जीवनमा ठुला ठुला काम गर्न सक्छन ।
जसरि प्यारो नेपाली रोधीघर धामाका टप-५ समितिले यस्तो परोपकारी काम गरेको छ, त्यसरी यदि सम्पूर्ण निकायबाट यस्ता असहाय अपाङ्गहरुलाई सहयोग पुगेमा उनीहरुको मनोबल बढ्ने रेडियो जुनताराका पत्रकार निरन्जन साहले बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.२ का माननीय भरत प्रसाद साह , पत्रकार राजकरण महतो ,रेडियो जुनताराका पत्रकार निरन्जन साह ,पत्रकार धनवीर महतो लगायत नेत्रहीन समूहरुको उपस्थित रहेको थियो ।



महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments