नेपाली युवाको जिज्ञासा - कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइएला ?
असोज ११
सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् । पोल्यान्ड, रोमानिया लगायत युरोपेली मुलुक जाने सानो संख्यालाई व्यक्तिगत श्रम स्वीकृति जारी हुँदैछ ।
दाहालका अनुसार म्यानपावर कम्पनीहरुले नयाँ श्रम स्वीकृति लिनेगरी विभागमा कागजात ल्याएका छैनन् । मुख्य श्रम गन्तब्य मुलुकले नयाँ श्रमिक लैजाने प्रक्रिया खुला नगरेकाले यस्तो अवस्था आएको दाहाल बताउँछन् ।
यसअघि नै विदेश गएर सोही कम्पनीमा फर्किने पुनः श्रम स्वकृति भने जारी भइरहेको छ । त्यसरी फर्किने कामदारको संख्या पनि ठुलो छैन ।स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ- कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइएला ? दशैंपछि काम गर्न विदेश जान पाउनेमा धेरै युवा आशावादी छन् ।
सरकारले नियमित उडान खोलेको छ । मलेसिया र खाडीका देशमा महामारी नियन्त्रणउन्मुख भएकाले अब म्यानपावरमार्फत विदेश जान सहज बन्छ भन्ने अपेक्षा युवामा छ ।
प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसिया, साउदी, कतार, यूएई, कुवेत, ओमान, बहराइनको आर्थिक वातावरण युवाको अपेक्षासँग मेल खाने खालका देखिन थालेका छन् । नयाँ श्रमिक लिने विषयमा भने धेरै देश अझै अनिणिर्त छन् ।
नेपालीका मुख्य श्रम गन्तव्य मुलुकहरु कोभिड-१९ को महामारीसँग जुधिरहेका छन् । विकासशील अर्थतन्त्र भएको खाडी मुलुकमा कोरोनाले नराम्रो असर पारेपनि अब त्यहाँ आर्थिक गतिविधि बढ्न थालेको छ ।
मुख्यगरी तेलमा आधारित अर्थतन्त्र भएकाले त्यहाँको अर्थतन्त्र अन्य देशहरुका आर्थिक नीतिमा निर्भर छ । यस्तो अवस्थामा बाहृय प्रभावसँग जुध्दै अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन श्रम गन्तव्य मुलकहरु लागेका छन् । जसको फाइदा नेपाली श्रमिकले पनि पाउनेछन् ।
मलेसिया र खाडी मुलुकहरुमा सतर्कताको मोडालिटी खुकुलो बन्दैछ । विदेशबाट नयाँ कामदार ल्याउने बिषयमा भने धेरैजसो देश मौन छन् । नेपाली दूतावासहरुका अनुसार अब क्रमैसँग आर्थिक गतिविधि बढ्दै गएर ति देशहरुमा नयाँ श्रमिकको माग बढ्ने अवस्था छ ।
व्यवसायीहरु श्रम गन्तव्य मुलुकहरुका नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनासाथ वैदेशिक रोजगारीको चलहपहल सुरु हुने बताउँछन् । विदेशबाट कामदार आपूर्तिबारे सोधपुछ हुन थालेकोले दशैंपछि विदेश जान सहज अवस्था बन्ने उनीहरुको भनाइ छ
विदामा आएका श्रमिक फर्किँदा पालना गर्नुपर्ने मेडिकल प्रोटोकल पनि खुकुलो बन्दै गएको छ ।
अहिले विदेशमा थुप्रै नेपाली श्रमिक कामविहीन बस्नु परेको छ । लकडाउन र लुजडाउनका कारण कतिपय क्षेत्रमा कार्यरत मजदुरहरू बिदामा छन् । आर्थिक गतिविधि पनि सुस्त रहेकाले तुरुन्तै त्यहाँ कामदारको ठूलो माग भएको छैन ।
कतिपय देशका सरकार तत्काल विदेशी कामदार नलिने नीतिमा छन् । यो कारण अहिलेलाई ठूलो संख्यामा कामदारको माग आउने सम्भावना कम रहेको दूतावासका अधिकारीहरु बताउँछन् ।
नेपाली दूतावास र नियोगमा नयाँ कामदारको मागपत्र प्रमाणीकरण सुरु हुन पनि समय लाग्ने उनीहरुले बताएका छन् ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments