नेपाली युवाको जिज्ञासा - कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइएला ?
असोज ११
सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् । पोल्यान्ड, रोमानिया लगायत युरोपेली मुलुक जाने सानो संख्यालाई व्यक्तिगत श्रम स्वीकृति जारी हुँदैछ ।
दाहालका अनुसार म्यानपावर कम्पनीहरुले नयाँ श्रम स्वीकृति लिनेगरी विभागमा कागजात ल्याएका छैनन् । मुख्य श्रम गन्तब्य मुलुकले नयाँ श्रमिक लैजाने प्रक्रिया खुला नगरेकाले यस्तो अवस्था आएको दाहाल बताउँछन् ।
यसअघि नै विदेश गएर सोही कम्पनीमा फर्किने पुनः श्रम स्वकृति भने जारी भइरहेको छ । त्यसरी फर्किने कामदारको संख्या पनि ठुलो छैन ।स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ- कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइएला ? दशैंपछि काम गर्न विदेश जान पाउनेमा धेरै युवा आशावादी छन् ।
सरकारले नियमित उडान खोलेको छ । मलेसिया र खाडीका देशमा महामारी नियन्त्रणउन्मुख भएकाले अब म्यानपावरमार्फत विदेश जान सहज बन्छ भन्ने अपेक्षा युवामा छ ।
प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसिया, साउदी, कतार, यूएई, कुवेत, ओमान, बहराइनको आर्थिक वातावरण युवाको अपेक्षासँग मेल खाने खालका देखिन थालेका छन् । नयाँ श्रमिक लिने विषयमा भने धेरै देश अझै अनिणिर्त छन् ।
नेपालीका मुख्य श्रम गन्तव्य मुलुकहरु कोभिड-१९ को महामारीसँग जुधिरहेका छन् । विकासशील अर्थतन्त्र भएको खाडी मुलुकमा कोरोनाले नराम्रो असर पारेपनि अब त्यहाँ आर्थिक गतिविधि बढ्न थालेको छ ।
मुख्यगरी तेलमा आधारित अर्थतन्त्र भएकाले त्यहाँको अर्थतन्त्र अन्य देशहरुका आर्थिक नीतिमा निर्भर छ । यस्तो अवस्थामा बाहृय प्रभावसँग जुध्दै अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन श्रम गन्तव्य मुलकहरु लागेका छन् । जसको फाइदा नेपाली श्रमिकले पनि पाउनेछन् ।
मलेसिया र खाडी मुलुकहरुमा सतर्कताको मोडालिटी खुकुलो बन्दैछ । विदेशबाट नयाँ कामदार ल्याउने बिषयमा भने धेरैजसो देश मौन छन् । नेपाली दूतावासहरुका अनुसार अब क्रमैसँग आर्थिक गतिविधि बढ्दै गएर ति देशहरुमा नयाँ श्रमिकको माग बढ्ने अवस्था छ ।
व्यवसायीहरु श्रम गन्तव्य मुलुकहरुका नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनासाथ वैदेशिक रोजगारीको चलहपहल सुरु हुने बताउँछन् । विदेशबाट कामदार आपूर्तिबारे सोधपुछ हुन थालेकोले दशैंपछि विदेश जान सहज अवस्था बन्ने उनीहरुको भनाइ छ
विदामा आएका श्रमिक फर्किँदा पालना गर्नुपर्ने मेडिकल प्रोटोकल पनि खुकुलो बन्दै गएको छ ।
अहिले विदेशमा थुप्रै नेपाली श्रमिक कामविहीन बस्नु परेको छ । लकडाउन र लुजडाउनका कारण कतिपय क्षेत्रमा कार्यरत मजदुरहरू बिदामा छन् । आर्थिक गतिविधि पनि सुस्त रहेकाले तुरुन्तै त्यहाँ कामदारको ठूलो माग भएको छैन ।
कतिपय देशका सरकार तत्काल विदेशी कामदार नलिने नीतिमा छन् । यो कारण अहिलेलाई ठूलो संख्यामा कामदारको माग आउने सम्भावना कम रहेको दूतावासका अधिकारीहरु बताउँछन् ।
नेपाली दूतावास र नियोगमा नयाँ कामदारको मागपत्र प्रमाणीकरण सुरु हुन पनि समय लाग्ने उनीहरुले बताएका छन् ।
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
4 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
19 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
4 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
19 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments