कोरोनाभाइरसका बिरामीको उपचारमा पटकपटक लापरवाही भईरहे पनि प्रशासन मुकदर्शक

5 वर्ष पहिले प्रकाशित

(2077-06-12 B.S.)

1977 पटक देखिएको

१२ असोज 

पर्सामा कोरोनाभाइरसका बिरामीको उपचारमा पटकपटक लापरवाही भईरहे पनि प्रशासन मुकदर्शक बनेको छ । कोरोनाका बिरामीहरुको उपचारमा यहाँका अस्पताल तथा चिकित्सकहरुको गैरजिम्मेवारी तथा लापरवाहीका कारण बिरामीको ज्यानै गएपनि प्रशासनले कारवाहीका लागि कुनै पहल गर्न सकेको छैन ।

अस्पताल तथा चिकित्सकहरूकाे लापरवाहीकाे खुल्ला प्रदर्शन भइरहेपनि कारवाहीकाे सट्टा प्रशासन निरिह बन्नु लज्जास्पद भएकाे यहाँका विज्ञहरूकाे भनाइ छ । संकटकालको अवस्थामा पनि नेपालको संविधानको धारा १६ मा उल्लेखित प्रत्येक व्यक्तिको सम्मानपूर्वक बस्न पाउने हक र धारा ३५ मा उल्लेखित प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक निलम्बन गर्न नसकिने संवैधानिक व्यवस्था छ । तर, अस्पतालवालाहरुले यो व्यवस्थाको त फिटिक्कै कदर गरेको देखिदैन ।

कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत रहेको बिरामी अक्सिजनको अभावमा ज्यान गुमाउँछ, तर प्रशासन केही नभएझैँ चुप्प लागेर बस्छ । गत भदौ १२ गते बीरगन्जस्थित गण्डक कोभिड अस्पतालान भर्ना भएकी किरण देविको अक्सिजन अभावमा ज्यान गयो ।

किरण देवि उपचाररत गण्डक अस्पतालको आईसोलेसनमा उनी अक्सिजनका लागि तड्पिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । गण्डक अस्पतालमा बिरामीहरुको विजोग भएको खबर पाएपनि प्रशासनको मौनता र अस्पताल तथा चिकित्सकको लापरवाहीका कारण अन्ततः किरण देविको मृत्यु भएको विज्ञहरुको भनाई छ ।

“समयमा अक्सिजन पनि दिइएको भए किरण देविको ज्यान बचाउन सकिन्थ्यो”, एक चिकित्सक भन्छन्, “न समयमा अक्सिजन दिए, न उपचार नै गरे, लापरवाहीका कारण नै मृत्यु भएको हो उनको ।”

किरण देविका मृत्युको अघिल्लो साँझ नै उनको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको थियो । बीरगन्जमा उपचारका नाममा लापरवाही भईरहेको खबर पटकपटक सार्वजनिक भईरहँदा पनि प्रशासनको मौनताका कारण यहाँ अकालमै बिरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

तारे होटेलमा बसेर सुखःशैलका बिच समय बिताईरहेका यहाँका चिकित्सकहरुको गैर जिम्मेवारीका कारण बीरगन्जमा उपचारका नाममा लापरवाहीले प्रश्रय पाईरहेको छ । स्थानियहरुका अनुसार बीरगन्जमा कोरोनाको उपचारमा संलग्न चिकित्सकहरु आपसी कुटपिट, मिडिया, राजनिती र सस्तो प्रचारबाजीमा व्यस्त भएका कारण बिरामीहरुको वास्ता नगरेका हुन् ।

यता बीरगन्जमा काेराेना अस्पतालले एक गर्भवती संक्रमित महिलाकाे उपचार गर्न नमानेकाे विषय प्रकाशमा आएकाे छ । कोरोना अस्पतालले उपचार गर्न नमानेपछि कोरोना संक्रमित गर्भवतिको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । बीरगन्ज रामगढवाकी २६ वर्षीया महिला उपचारका लागि विभिन्न अस्पताल धाउँदा पनि कसैले उपचार गर्न नमानेको पीडित पक्षले बताएका छन् ।

ती महिलालालाई यहि असाेज १० गते शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखिनुका साथै हल्का ज्वरो र खोकी लागेको थियो । त्यसपछि तुरुन्तै नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरेको र अपरान्ह ४ बजेतिर पोजिटिभ रिपोर्ट आएको थियो ।

लगतै नारायणी अस्पतालले नेसनल मेडिकल कलेज कोभिड अस्पताल जान भन्यो । तर त्यहाँ अस्पतालले उपचारन गर्न मानेन । गर्भवती महिला संक्रमित हुँदा पनि नेसनल मेडिकल कलेजले स्थापना गरेको बाबा आइसोलेसनमा राख्न नमानेको बताइएको छ । अहिले आफन्तले घरमै बिरामी लगेर राखेका छन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमित भएकै कारण घरमा ल्याएर राख्नु पर्दा आफन्त चिन्तित छन् ।

सामान्य अवस्था भएको भए घरमै राख्दा डर हुने थिएन । तर उनको स्वास्थ्य अवस्था राम्रो छैन । शनिबार रातिदेखि अक्सिजन दिइएको छ । १५ हजार रुपैयाँ धरौटी राखेर आफन्तले घरमै अक्सिजनको बन्दोबस्ती मिलाएका हुन् । सबैतिर हारगुहार गर्दा अस्पतालले राख्न नमानेपछि घरमै ल्याएर राख्नुपरेको संक्रमितका दाजु दिनेश पण्डितले गुनासो गरे ।

यसबारे नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सा डा. असरफ हुसैनले भने मृगौला रोगी, गर्भवती तथा सुत्केरी संक्रमितलाई राख्ने व्यवस्था नभएको बताए । सम्झौता गर्दा नै यस्ता बिरामी नराख्ने भनी प्रष्ट लेखिएको उनले बताए ।

काेराेनका बिरामीहरूकाे उपचारका लागि सञ्चालनमा आएका काेराेना अस्पतालहरूले बिरामीकाे उपचार नगर्दा बिरामीहरूकाे विचल्ली भएकाे छ । सुत्केरी अवस्थामा रहेकी ती महिलाकाे स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेकाे परिवारजनले बताएका छन् ।

उपचार अभावमा सुत्केरी महिलाकाे ज्यान जाने हाे भने जिम्मेवार काे ?

यहाँका अस्पतालहरूकाे लापरवाही चरम उत्कर्षमा रहेका बेला प्रशासनकाे माैनताले यस्ता मेडिकल माफियाहरूलाइ प्राेत्साहन गरेकाे सराेकारवालाहरूकाे भनाइ छ ।

पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीकाे आगमन भएपनि शासन व्यवस्थामा कुनै सुधार आएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..