ग्रामीण क्षेत्रमा वैकल्पिक शैक्षिक सिकाई प्रक्रिया परे अलमलमा
१२ असोज
पर्साको ग्रामीण क्षेत्रमा वैकल्पिक शैक्षिक सिकाई प्रक्रिया अलमलमा परेको छ । विगत ६ महिना भन्दा बढी समयदेखि ठप्प रहेको विद्यार्थी सिकाई प्रक्रियालाई सुचारु गर्न सरकारले वैकल्पिक विधि सुझाएपनि प्रभावकारी हुन नसकेपछि सुचारु हुन सकेको छैन । सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विभिन्न पाँच विधिबाट विद्यार्थीको पहुँच अनुसार सिकाई प्रक्रिया शुरु गर्न भनिएको छ ।
तर जिल्लाको ग्रामीण क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयहरूमा वैकल्पिक सिकाई प्रक्रियाबाट पठनपाठन शुरु हुन सकेको छैन । पटेर्वासुगौली गाउँपालिकाका स्थानीय अभिभावक रामदयाल चौधरी भन्छन् विद्यालय लामो समयदेखि बन्द हुँदा, विद्यार्थीले सिकेको कुरा पनि बिर्सिसके छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरूसँग वैकल्पिक शिक्षाको लागि रेडियो, टिभी र इन्टरनेटमा पहुँचा नभएको कारण यी विकल्प यहाँका विद्यार्थीका लागि अनुपयुक्त भएको छ । यसकारण ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षाको समान पहुँचाबाट वञ्चित हुनुपरेको चौधरीले बताए । यस्तै टोल टोलमा पुगेर सिकाईलाई निरन्तरता दिने विकल्प पनि जनशक्ति लगायतको चुनौतीले गर्दा प्रभावकारी हुनेमा शिक्षकहरु नै आशंका गर्छन् ।
यस्तै, सरकारले स्वास्थ्य सुरक्षामा आधारित रहेर वैकल्पिक शिक्षालाई निरन्तरता दिन आग्रह गरे पनि ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि कुनै किसिमको कार्ययोजना बनेको छैन । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालय सञ्चालनका लागि अभिभावकहरूसँग रायसल्लाह लिने काम भइरहेको बताएका छन् । अभिभावक र विद्यार्थीहरूले वैकल्पिक शिक्षामा पहुँच नभएको कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।
यता, अभिभावकहरु भने ग्रामीण क्षेत्रमा अहिलेसम्म वैकल्पिक माध्यमबाट अध्ययन र अध्यापन सुचारु हुन नसक्दा विद्यार्थीहरूले सिकाइ बिर्सेकोमा चिन्तित बनेका छन्
सरकारले स्थानीय तह र विद्यालयले उच्च सतर्कता अपनाइ सामाजिक दूरी कायम गरेर विद्यालय वा विद्यार्थीहरू भएको टोलमा गएर शिक्षक परिचालन गरी शिक्षा परामर्श तथा वैकल्पिक उपायबाट अध्ययन अध्यापन गराउन भने पनि अहिले तथ्याकं संकलन गर्ने मात्र काम भइरहेको अभिभावकहरुले बताए ।
यसै क्रममा जिल्लाका कतिपय विद्यालयमा शिक्षकहरूले काम शुरू गरिसकेका छन् । क्वारेन्टाइन र आइसोलेशन बनाइएका विद्यालयहरू पनि विसङ्क्रमित गर्ने काम भइरहेको छ । सरकारबाट विद्यालय सञ्चालनको प्रतीक्षामा रहेका केही प्रअले बताएका छन्। उनीहरूले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको बताए । अहिले अधिकांश विद्यालयमा शिक्षकहरू नियमित आइसकेका छन् ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments