घरमा एक्लै बसिरहेकी एक महिलाको हत्या

6 वर्ष पहिले प्रकाशित

(2077-06-12 B.S.)

2341 पटक देखिएको

असोज १२ 

सप्तरीमा घरमा एक्लै बसिरहेकी एक महिलाको हत्या भएको छ । तिरहु्त गाउँपालिका २ मयनाकडेरीकी ५० वर्षीय दायमनदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै देखि आफन्तहरुले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय र ट्युबवेल नजिक घरको पानी खस्ने स्थानमा उनको मृत शरीर फेला परेको मृतकका देवर तेजनारायण यादवले जानकारी दिए ।

तेजनारायणका अनुसार हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् ।

घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने देवर तेजनारायणले आशंका गरे । हत्याराले कान काटेपनि कानमा लगाएको सुन शव रहेको स्थानमै भेटिएको उनले बताए ।

प्रहरीले शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरी उपरीक्षक धमलाले घटनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए । सशस्त्र प्रहरीको कयाम्प रहेको स्थानबाट ३ सय मिटर उत्तर हत्याको घटना भएपछि स्थानिय बासिन्दा त्रसित भएका छन् ।

महिलाका श्रीमान शिवनारायण कौडगिया यादव विराटनगरमा शिक्षण गर्छन् । एकजना छोरा नेपाल टेलिकममा कार्यरत छन् भने अर्का छोरा दिल्लीमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

11 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

14 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले