घरमा एक्लै बसिरहेकी एक महिलाको हत्या

5 वर्ष पहिले प्रकाशित

(2077-06-12 B.S.)

2291 पटक देखिएको

असोज १२ 

सप्तरीमा घरमा एक्लै बसिरहेकी एक महिलाको हत्या भएको छ । तिरहु्त गाउँपालिका २ मयनाकडेरीकी ५० वर्षीय दायमनदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै देखि आफन्तहरुले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय र ट्युबवेल नजिक घरको पानी खस्ने स्थानमा उनको मृत शरीर फेला परेको मृतकका देवर तेजनारायण यादवले जानकारी दिए ।

तेजनारायणका अनुसार हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् ।

घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने देवर तेजनारायणले आशंका गरे । हत्याराले कान काटेपनि कानमा लगाएको सुन शव रहेको स्थानमै भेटिएको उनले बताए ।

प्रहरीले शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । प्रहरी उपरीक्षक धमलाले घटनाबारे अनुसन्धान तीव्र पारिएको जानकारी दिए । सशस्त्र प्रहरीको कयाम्प रहेको स्थानबाट ३ सय मिटर उत्तर हत्याको घटना भएपछि स्थानिय बासिन्दा त्रसित भएका छन् ।

महिलाका श्रीमान शिवनारायण कौडगिया यादव विराटनगरमा शिक्षण गर्छन् । एकजना छोरा नेपाल टेलिकममा कार्यरत छन् भने अर्का छोरा दिल्लीमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..