देशकै ठूलो औषधि उद्योग भयो बन्द

5 वर्ष पहिले प्रकाशित

(2077-06-14 B.S.)

1656 पटक देखिएको

असोज १४ 

देशकै ठूलो औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालि बन्द भएको छ । नगदमा कच्चा पदार्थ किनेर ल्याउने र औषधि उधारोमा बेच्दा रकम अभावले २ हप्ता देखि यो उद्योग बन्द भएको हो । उद्योग बन्द गर्दै व्यवसापनले क्यास फ्लो (नगद अभाव) ले बन्द गर्नुपरेको जनाएको छ । 

उद्योगले व्यवस्थापनले भनेको छ–‘‘बजारबाट पैसा उठ्दैन ।  सबै कच्चा पदार्थ विदेशबाट  ल्याएर नेपालमा औषधि बनाउनुपर्छ । औषधि जति उधारोमा बेच्ने अनि कच्चा पदार्थ किन्ने बेलामा नगदमा किन्ने । कहिलेसम्म नगदमा ल्याएर उधारोमा बेच्न सकिन्छ । देउराली जनता फर्मास्युटिकल्स प्रालिका अध्यक्ष हरिभक्त शर्माले भने, ‘एकातिर बजारमा औषधिको माग शून्यमा झेरेको छ ।

उधारो उठ्न सकेको छैन । त्यसमाथि पनि सरकारले धेरै औषधिका कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर लगाएको छ । यी सबै कारणले गर्दा थेग्न नसकेपछि बन्द गर्नुपरेको हो ।’ शर्माले त्यही भएर केही समयका लागि उद्योग बन्द गरिएको जानकारी दिएका छन् । उद्योगले अहिले अत्यावश्यक औषधि बाहेक कुनै पनि औषधि बनाएको छैन । तर, आरएन्डडी भने २४ सै घण्टा सञ्चालनमा ल्याइराखेको छ ।

उद्योगलाई धान्न गाह्रो भएर केही समयका लागि बन्द गरिएको शर्माले बताए । ‘बजारमा बेच्न नसकिने कुरा बनाएर मात्रै के गर्नु ?’ उनले भने, ‘औषधि उत्पादन गरेर खर्च बढाउनुभन्दा उत्पादन बन्द गरेर कम खर्च गर्न खोजिएको हो ।’ 

औषधि बनाएको दिनदेखि म्याद गुज्रिन सुरु हुन्छ । जे अत्यावश्यक छ, त्यो बनाएर पठाइरहेका छौं, तर अत्यावश्यक बाहेक सम्पूर्ण उत्पादन रोकिएको उनको भनाइ छ । अहिले ९० प्रतिशत उद्योग क्यास फलो (नगद अभाव) को समस्यामा छन् । त्यसबाट हामी अछुतो रहन सक्ने अवस्था रहेन । परिणमस्वरुप उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।

उद्योगले उत्पादन गर्यो बेच्नका लागि कहाँ पठाउने ? बजार बन्द भइहाल्यो । यसै पनि माग घटेको छ । त्यसमा पनि बजार पूर्ण रुपमा बन्द छ । औषधि बनाएर गोदाममा थन्क्याएर राख्ने मात्रै कुरा हुँदैन । ‘माग घटेर औषधिजन्य उद्योगको हालत त खराब भइसक्यो भने अन्य उद्योगको हालत कस्तो होला ’ शर्माले भने, ‘औषधि उद्योगभन्दा अन्य उद्योग झन अप्ठयारोमा छन् ।’ 

‘त्यसैगरी, विदेशमा बिना पैसा नभई कच्चा पदार्थ दिन मान्दैनन् । पैसा दिएर सामान किन्न बजारमा छरिएर रहेको पैसा उठ्दैन । पैसा नउठेपछि कसरी सामान मगाउनू ?’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष समेत रहेको शर्माले भने । भन्सार क्लियरेन्समै बढी समय लाग्ने गरेको छ । अहिले वीरगन्जदेखि काठमाडौंसम्म आइपुग्न १५ देखि २० घण्टा समय लाग्ने गरेको छ ।  उद्योगीले बारम्बार आफूसँग क्यास फ्लोको समस्या भएको भन्दै आइरहेका थिए । तर, उनीहरुको कुरालाई कसैले पनि गम्भीर रुपमा नलिएकाले अहिले धमाधम उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..