असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने
असोज १४
आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ ।
यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ ।
उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ ।
२०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ ।
विद्युत मिटर रिडिङ एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको बेभसाइटमा हेर्नु हुन समेत अनुरोध छ ।’
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
2 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
22 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
8 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
14 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
22 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
25 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
26 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
कमेन्ट गर्नुहोस्
view comments