रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै

5 वर्ष पहिले प्रकाशित

(2077-06-14 B.S.)

1744 पटक देखिएको

असोज १४ गते 

दसैं तिहार नजिकिँदै गएपनि रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै गएको छ ।रोगको डरले स्वदेश फर्कनेभन्दा भोकको डरले भारत धाउनेको हुल पाँच गुणा ठूलो छ ।

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  ।केही समय पहिले कोरोना महामारीका कारण नेपाल आएकाहरु खान लाउन समस्या भएपछि दसैं तिहारको मुखमा रोजगारीका लागि फेरि भारत जान थालेका छन् ।

देशमा रोजगारीको अवसर नपाएपछि पेट पाल्नकै लागि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता बनेको छ ।कोरोनाकै प्रभावका बीच केही महिनाअघि घर फर्किएकाहरु अहिले फेरि त्रिनगर–गौरीफन्टा नाका भएर भारत गइरहेका छन् ।नेपालीको महान चाड दसैंं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेका कैलालीका अर्जुन विष्ट भारतमा कोरोना महामारी फैलिएकै कारण स्वदेश फर्केका थिए ।

भारतमै रोजगारी गरेर परिवार खर्च चलाउँदै आएका बिष्टले दसैंं नजिकै आउँदै गरेको भएपनि दैनिकी चलाउनै समस्या हुन थालेपछि भारत जान लागेको बताउनुभयो ।

स्थानीय तह र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास नै नभएको बताउँदै उहाँले भारत जानुको विकल्प नभएको गुनासो गर्नुभयो ।गत चैतदेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए ।

कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए ।झण्डै चार÷पाँच महिनाको स्वदेश बसाइमा घरखर्च चलाउनसमेत नसकिने भएपछि फेरि भारत जानु परेको कञ्चनपुरका जगदिश नाथले गुनासो गरेका छन् ।

परिवार भोकले मर्ने चिन्ता भएपछि चाडपर्वको मुखमा पुनः भारत जान बाध्य भएको उहाँ बताउनुहुन्छ ।

असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ६ हजार नेपाली भारत पसेका छन् ।दुई साता यता भारत जाने नेपालीको संख्या उच्च रहेको धनगढी उपमहानगरपालिका सीमा हेल्थडेस्क प्रमुख दिनेश ठकुल्लाले बताउनुभयो ।

भारतबाट चाडपर्व मान्न फर्किनेभन्दा रोजगारी गर्न जानेको सख्या बढ्दै गएको उहाँको भनाइ छ ।विश्वमा कोरोना भारइसको महामारी सुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलकमा रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएका नेपालीहरुलाई त्यति बेला तीनै तहका सरकारले रोजगारीको सुनिश्चितता गर्ने ठूला ठूला योजना बनाएपनि रोगभन्दा भोकको डरले महामारीकै बेला विदेशीनु सुदूरपश्चिमबासीको बाध्यता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

2 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

22 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

14 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

22 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

25 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

26 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..