रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै

6 वर्ष पहिले प्रकाशित

(2077-06-14 B.S.)

1792 पटक देखिएको

असोज १४ गते 

दसैं तिहार नजिकिँदै गएपनि रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै गएको छ ।रोगको डरले स्वदेश फर्कनेभन्दा भोकको डरले भारत धाउनेको हुल पाँच गुणा ठूलो छ ।

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ  ।केही समय पहिले कोरोना महामारीका कारण नेपाल आएकाहरु खान लाउन समस्या भएपछि दसैं तिहारको मुखमा रोजगारीका लागि फेरि भारत जान थालेका छन् ।

देशमा रोजगारीको अवसर नपाएपछि पेट पाल्नकै लागि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता बनेको छ ।कोरोनाकै प्रभावका बीच केही महिनाअघि घर फर्किएकाहरु अहिले फेरि त्रिनगर–गौरीफन्टा नाका भएर भारत गइरहेका छन् ।नेपालीको महान चाड दसैंं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेका कैलालीका अर्जुन विष्ट भारतमा कोरोना महामारी फैलिएकै कारण स्वदेश फर्केका थिए ।

भारतमै रोजगारी गरेर परिवार खर्च चलाउँदै आएका बिष्टले दसैंं नजिकै आउँदै गरेको भएपनि दैनिकी चलाउनै समस्या हुन थालेपछि भारत जान लागेको बताउनुभयो ।

स्थानीय तह र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास नै नभएको बताउँदै उहाँले भारत जानुको विकल्प नभएको गुनासो गर्नुभयो ।गत चैतदेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए ।

कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए ।झण्डै चार÷पाँच महिनाको स्वदेश बसाइमा घरखर्च चलाउनसमेत नसकिने भएपछि फेरि भारत जानु परेको कञ्चनपुरका जगदिश नाथले गुनासो गरेका छन् ।

परिवार भोकले मर्ने चिन्ता भएपछि चाडपर्वको मुखमा पुनः भारत जान बाध्य भएको उहाँ बताउनुहुन्छ ।

असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ६ हजार नेपाली भारत पसेका छन् ।दुई साता यता भारत जाने नेपालीको संख्या उच्च रहेको धनगढी उपमहानगरपालिका सीमा हेल्थडेस्क प्रमुख दिनेश ठकुल्लाले बताउनुभयो ।

भारतबाट चाडपर्व मान्न फर्किनेभन्दा रोजगारी गर्न जानेको सख्या बढ्दै गएको उहाँको भनाइ छ ।विश्वमा कोरोना भारइसको महामारी सुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलकमा रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।

स्वदेश फर्किएका नेपालीहरुलाई त्यति बेला तीनै तहका सरकारले रोजगारीको सुनिश्चितता गर्ने ठूला ठूला योजना बनाएपनि रोगभन्दा भोकको डरले महामारीकै बेला विदेशीनु सुदूरपश्चिमबासीको बाध्यता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले