आज पहिलो बार्ता भयो सरकार र डा. केसीबीच

5 वर्ष पहिले प्रकाशित

(2077-06-22 B.S.)

1845 पटक देखिएको

२२ असोज

डा. गोविन्द केसीको जारी १९ औं अनशनलाई सरकारले २२ दिनसम्म बेवास्ता गर्‍यो । चौतर्फी दबावपछि २३ औं दिनमा सरकारले वार्ता टोली गठन गर्‍यो र २४ औं दिनमा आज पहिलो बार्ता भयो ।

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र सत्याग्रही डा. गोविन्द केसीमा धेरै भिन्नता हुँदाहुँदै एउटा स्वाभावचाहिँ मिल्छ । दुबैजना हम्मेसी आफ्नो अडान (जसलाई उनीहरुका आलोचकले हठ भन्ने गर्छन्) बाट टसमस हुँदैनन् ।

व्यक्तित्वको यही चारित्रिक विशेषताले गर्दा पनि ओलीको कार्यकालमा डा. केसीको अनशन पेचिलो बन्ने गरेको छ । ओलीको प्रधानमन्त्रित्वकालमै केसीको यो पाचौं अनशन हो ।

केपी ओली प्रधानमन्त्री रहेकै बेला यसअघिका चारवटा अनशनमध्ये तीनवटा डा. केसीले बिना उपलब्धी त्याग्न बाध्य भए भने एउटामा ओलीले केसीसँग सम्झौता गरे ।

हुन त सत्तारुढ नेकपा शिक्षा–स्वास्थ्यको दायित्व राज्यले बोक्नुपर्छ भन्ने समाजवादी सिद्धान्त लिएको पार्टी हो । अविवाहित एवं सर्वहारा जीवनशैली बिताउँदै आएका डा. केसीले पनि स्वास्थ्य क्षेत्रमा राज्यको दायित्व बढाउनुपर्ने माग बारम्बार उठाइरहेका छन् । तैपनि नेकपा नेताहरु डा. केसीलाई कहिले कांग्रेस देख्छन् त कहिले साझा पार्टीको नेताजस्तो देख्छन् ।

स्वास्थ्य क्षेत्रमा डा. केसी र नेकपा दुबैको सिद्धान्त ‘समाजवादी’ नै भएता पनि व्यवहारचाहिँ उनीहरुवीच ‘जोगी’ र ‘भैंसी’को जस्तै बन्न पुगेको छ ।

पार्टीको सचिवालय बैठकमा जे भने पनि प्रधानमन्त्री ओली केसीको अनशनप्रति सकारात्मक छैनन् । कठिन समयमा सरकारलाई थप अप्ठेरो पार्ने गरी केसीले अनशन बसेको उनको बुझाइ छ ।

डा. केसीप्रति ओलीको वितृष्णा विगतका अनशनहरुमा पनि प्रकट भएको थियो । गत वर्ष १८ औं अनशनका क्रममा सरकारले वार्ताको पहल नै नगरेपछि केसीले यत्तिकै अनशन तोड्न वाध्य भएका थिए । केसीले बसेका १९ अनशनमध्ये योसमेत ५ वटा अनशन ओलीको प्रधानमन्त्रित्वकालमा परेका छन् । उनको अहिलेकै कार्यकालमा केसीको यो तेस्रो अनशन हो ।

केसीको सबैभन्दा लामो अनशनको रेकर्ड पनि ओलीको यही कार्यकालमा छ । २०७५ साल असार/साउन महिनामा उनी १५ औं अनशन २७ दिनसम्म बसेका थिए । उक्त अनशन तोडाउने क्रममा ओलीले डा. केसीसँग आफैंले बार्ता गरेका थिए । साउन ९ गते मध्यरातमा उनले केसीका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए भने १० गते केसीसँग वार्ता गरेर सहमतिमा पुगेका थिए । सरकार र केसीबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सहमति भएको केही समयपछि ओलीले डा. केसीलाई बालुवाटारमै निम्त्याएर सौहार्दपूर्ण वार्ता गरे । त्यसबेला केसीको प्रशंसा गर्दै ओलीले भनेका थिए, ‘तपाईं र मेरो विचार–लक्ष्य एउटै हो । म तपाईंको अभियानजस्तै सबैलाई स्वास्थ्य–शिक्षा र उपचार प्राप्त होस् भन्ने चाहन्छु ।’

तर, त्यसको ६ महिना नबित्दै सहमति पालना नभएको भनेर केसी १६ औं अनशन बसे । यसबेला भने ओली डा. केसीप्रति कठोर देखिए । उनले संसदमा बोल्दै पाँच महिनाअघिको त्यो सम्झौता ‘अन्तिम सत्य नभएको’ बताए । उनले त्यसलाई ‘तत्कालीन परिस्थितिको उपज र आवश्यकता’ का रुपमा व्याख्या गरे ।

आफ्ना मागहरुमा सरकार सहमत नभएपछि केसीले बिनाउपलब्धी अनशन तोड्नुपरेको थियो । अनशन तोड्ने क्रममा जारी विज्ञप्तिमा उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटु प्रहार गरेका थिए ।

केसीको विज्ञप्तिको पहिलो बुँदामा लेखिएको थियो, ‘यो सरकार र यसका प्रमुख प्रधानमन्त्री केपी ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता छैन । प्रधानमन्त्री आफैंले विगतमा गरेको निर्णय र गराएको सम्झौताबाट विचलित हुनु, आफ्नो बेइमानी र अनैतिक कामको बचाऊ गर्नुले प्रधानमन्त्रीको निर्णय क्षमता प्रभावित भएको देखाउँछ । यसबाहेक अन्य प्रसंगहरुमा समेत प्रधानमन्त्रीका उडन्ते अभिव्यक्ति र हाउभाउले उहाँ राज्य सञ्चालनका लागि असक्षम र अस्वस्थ भएको देखाउँछ ।’

गत वर्षको कात्तिकमा केसी १७ औं अनशन बसे । त्यो पनि असफल भयो । सरकारले वार्ताको पहल नै नगरेपछि उनले ९ दिनमै अनशन तोडेका थिए । त्यसबेला उनले देशमा सीमा विवादको मुद्दा चर्किरहेकाले अनशन स्थगित गरेको बताएका थिए ।

गत जेठमा मात्रै केसी १८ औं अनशनमा बसे, जुन अहिलेसम्मकै छोटो थियो । दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सुरु गरेको अनशन कोरोनाका कारण देखाएर दुई दिनमै स्थगित गरे । सो अनशनमा उनले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसमेत राखेका थिए ।

यसप्रकार पछिल्ला तीन अनशनमा डा. केसी आफैं ब्याक भएपछि ओलीको मनोबल बढेको छ । यसपटक पनि उनलाई त्यही स्थितिमा पुर्‍याउने ओलीको रणनीति थियो । तर, नागरिक समुदायको दबाव बढ्दै गएपछि सरकार बार्तामा आउन बाध्य भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

8 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले