त्रिभुवन मा.वि.को व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित
असोज २७ ,गौशाला
आज मिति २०७७ असोज २७ गते त्रिभुवन मा. वि. को व्यवस्थापन समिति गठन गर्न आयोजना गरिएको कार्यक्रम स्थगित भएको छ । त्रिभुवन मा. वि. को व्यवस्थापन समिति गठन कार्यक्रममा गौशाला नगरपालिकाका जनप्रतिनिधि ,शिक्षक ,विभिन्न बुद्धिजीवि तथा व्यवस्थापन समितिमा उम्मेदवार हुनेहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
कोभिड -१९ को समस्यालाइ मध्यनजर गर्दै अहिलेको जटिल अवस्थामा विद्यालयमा उत्पन्न हुने समस्या तथा विद्यार्थी, शिक्षक र अभिभावक बिचको सम्बन्ध सक्रिय रुपमा परिचालन गर्न उक्त व्यवस्थापन समिति गठन गर्न लागिएको थियो । उक्त कार्यक्रममा विभिन्न सूचना प्रकाशनको माध्यमबाट सुचिकृत गराइए पनि अभिभावकहरुको उपस्थित निकै नै कम रहेको थियो । जबकि विद्यालयको व्यवस्थापन समिति गठन गर्न अभिभावकहरुको मुख्य भूमिका रहन्छ ।
अभिभावकहरुको उपस्थित कम हुनुमा विद्यालय तथा शिक्षकहरुको पनि कमिकमजोरी रहेको कार्यक्रममा आलोचना भएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थी तथा विद्यालयको क्रियाकलापप्रति अभिभावकको सक्रियता निकै न्युन भएको कारणले गर्दा असल विद्यार्थीको कमि देखिएको तथा जनताहरु आफै नै आफ्नो अधिकार खोज्नमा पछी परेको भनेर अनेरास्वव्युका युवा नेता सूर्यनारायण साहले बताउनु भएको छ । 
उहाले अभिभावकहरुले आफ्ना बालबच्चा तथा विद्यालयको अनुगमनप्रति चासो नदेखाएकोले विद्यालय ,विद्यार्थी तथा शिक्षा सहजीकरणमा कमिकमजोरी भएको बताउनुभएको छ साथै उहाले विद्यालयको उचित व्यवस्थापन नहुनुको कारण मुख्य रुपमा सरकार र त्यसपछि विद्यालय ,शिक्षक ,अभिभावकको सक्रियतामा कमि भएको बताउनु भएको छ ।
त्यसैगरि उक्त कार्यक्रममा गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष नथुनी राउतले अवको समयमा विद्यालय व्यवस्थापन सम्बन्धि नयाँ किसिमका योजना बन्नुपर्ने बताउनु भएको छ । त्रिभुवन मा.वि.लाइ नमुना विद्यालय बनाउने सन्दर्भमा उहाले पठन पाठन राम्रो नभएसम्म ,उपलब्धि नभएसम्म ,उचित व्यवस्थापन नभएसम्म ,अभिभावक तथा शिक्षक सक्रिय नभएसम्म उक्त विद्यालयलाइ नमुना विद्यालयमा परिमार्जन गर्न नसकिने बताउनु भएको छ ।
विद्यालयमा अहिलेको अवस्था सम्ममा भएको कमिकमजोरीहरुलाइ सुधार्ने काम तत्काल हुनुपर्ने बताउनेभएको छ । भर्ना अभियानभन्दा पनि शिक्षा सहजीकरण लागि व्यवस्थापन गर्नुपर्ने कुरामा उहाले बिशेष जोड दिनुभएको छ । नमुना विद्यालय कागजमा मात्र सिमित नभएर विद्यार्थीको उत्पादनमा सक्रिय हुनुपर्ने ,व्यवस्थापन समिति राम्रो गठन हुनुपर्ने उहाले बताउनु भएको छ । त्यसैगरि वडा न. ६ मा भएको सामुदाईक विद्यालयहरुमा विद्यार्थीहरुको लागि सरकारको तर्फबाट आएको खाजानास्ता विद्यार्थीहरुलाइ दिनुभन्दा पनि शिक्षक आफैले खाने गरेको आरोप लगाउनु भएको थियो,जसको शिक्षकहरुले विरोध गर्नुको साथै आक्रोशित पनि भएका थिए ।
उक्त कार्यक्रममा गौशाला नगरपालिका वडा न. ५ का वडा अध्यक्ष धर्मेन्द्र साहले अध्यक्षता गर्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथिको रुपमा गौशाला नगरपालिकाको प्रमुख शिवनाथ महतो ,बिशेष अतिथिको रुपमा पुर्व सांसद बसन्त गुरुङ ,पुर्व गाविस अध्यक्ष श्री देवनारायण महतो,नेपाली कांग्रेसका युवानेता संजय ग्वाल्बाल ,अनेरास्वव्युका युवानेता सूर्यनारायण साह तथा अन्य बुद्धिजीवी तथा समाज सेवी हरुको सहभागिता रहेको थियो ।
बिशेष गरि अभिभावकहरुको अनुपस्थितिले गर्दा उक्त कार्यक्रम स्थगित गरि मिति २०७७/७/२ गतेको लागि सारिएको छ ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments