त्रिभुवन मा.वि.को व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित
असोज २७ ,गौशाला
आज मिति २०७७ असोज २७ गते त्रिभुवन मा. वि. को व्यवस्थापन समिति गठन गर्न आयोजना गरिएको कार्यक्रम स्थगित भएको छ । त्रिभुवन मा. वि. को व्यवस्थापन समिति गठन कार्यक्रममा गौशाला नगरपालिकाका जनप्रतिनिधि ,शिक्षक ,विभिन्न बुद्धिजीवि तथा व्यवस्थापन समितिमा उम्मेदवार हुनेहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
कोभिड -१९ को समस्यालाइ मध्यनजर गर्दै अहिलेको जटिल अवस्थामा विद्यालयमा उत्पन्न हुने समस्या तथा विद्यार्थी, शिक्षक र अभिभावक बिचको सम्बन्ध सक्रिय रुपमा परिचालन गर्न उक्त व्यवस्थापन समिति गठन गर्न लागिएको थियो । उक्त कार्यक्रममा विभिन्न सूचना प्रकाशनको माध्यमबाट सुचिकृत गराइए पनि अभिभावकहरुको उपस्थित निकै नै कम रहेको थियो । जबकि विद्यालयको व्यवस्थापन समिति गठन गर्न अभिभावकहरुको मुख्य भूमिका रहन्छ ।
अभिभावकहरुको उपस्थित कम हुनुमा विद्यालय तथा शिक्षकहरुको पनि कमिकमजोरी रहेको कार्यक्रममा आलोचना भएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थी तथा विद्यालयको क्रियाकलापप्रति अभिभावकको सक्रियता निकै न्युन भएको कारणले गर्दा असल विद्यार्थीको कमि देखिएको तथा जनताहरु आफै नै आफ्नो अधिकार खोज्नमा पछी परेको भनेर अनेरास्वव्युका युवा नेता सूर्यनारायण साहले बताउनु भएको छ । 
उहाले अभिभावकहरुले आफ्ना बालबच्चा तथा विद्यालयको अनुगमनप्रति चासो नदेखाएकोले विद्यालय ,विद्यार्थी तथा शिक्षा सहजीकरणमा कमिकमजोरी भएको बताउनुभएको छ साथै उहाले विद्यालयको उचित व्यवस्थापन नहुनुको कारण मुख्य रुपमा सरकार र त्यसपछि विद्यालय ,शिक्षक ,अभिभावकको सक्रियतामा कमि भएको बताउनु भएको छ ।
त्यसैगरि उक्त कार्यक्रममा गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष नथुनी राउतले अवको समयमा विद्यालय व्यवस्थापन सम्बन्धि नयाँ किसिमका योजना बन्नुपर्ने बताउनु भएको छ । त्रिभुवन मा.वि.लाइ नमुना विद्यालय बनाउने सन्दर्भमा उहाले पठन पाठन राम्रो नभएसम्म ,उपलब्धि नभएसम्म ,उचित व्यवस्थापन नभएसम्म ,अभिभावक तथा शिक्षक सक्रिय नभएसम्म उक्त विद्यालयलाइ नमुना विद्यालयमा परिमार्जन गर्न नसकिने बताउनु भएको छ ।
विद्यालयमा अहिलेको अवस्था सम्ममा भएको कमिकमजोरीहरुलाइ सुधार्ने काम तत्काल हुनुपर्ने बताउनेभएको छ । भर्ना अभियानभन्दा पनि शिक्षा सहजीकरण लागि व्यवस्थापन गर्नुपर्ने कुरामा उहाले बिशेष जोड दिनुभएको छ । नमुना विद्यालय कागजमा मात्र सिमित नभएर विद्यार्थीको उत्पादनमा सक्रिय हुनुपर्ने ,व्यवस्थापन समिति राम्रो गठन हुनुपर्ने उहाले बताउनु भएको छ । त्यसैगरि वडा न. ६ मा भएको सामुदाईक विद्यालयहरुमा विद्यार्थीहरुको लागि सरकारको तर्फबाट आएको खाजानास्ता विद्यार्थीहरुलाइ दिनुभन्दा पनि शिक्षक आफैले खाने गरेको आरोप लगाउनु भएको थियो,जसको शिक्षकहरुले विरोध गर्नुको साथै आक्रोशित पनि भएका थिए ।
उक्त कार्यक्रममा गौशाला नगरपालिका वडा न. ५ का वडा अध्यक्ष धर्मेन्द्र साहले अध्यक्षता गर्नुभएको थियो । त्यसैगरि प्रमुख अतिथिको रुपमा गौशाला नगरपालिकाको प्रमुख शिवनाथ महतो ,बिशेष अतिथिको रुपमा पुर्व सांसद बसन्त गुरुङ ,पुर्व गाविस अध्यक्ष श्री देवनारायण महतो,नेपाली कांग्रेसका युवानेता संजय ग्वाल्बाल ,अनेरास्वव्युका युवानेता सूर्यनारायण साह तथा अन्य बुद्धिजीवी तथा समाज सेवी हरुको सहभागिता रहेको थियो ।
बिशेष गरि अभिभावकहरुको अनुपस्थितिले गर्दा उक्त कार्यक्रम स्थगित गरि मिति २०७७/७/२ गतेको लागि सारिएको छ ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
21 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
22 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
24 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
25 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments