श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाको व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित

5 वर्ष पहिले प्रकाशित

(2077-06-30 B.S.)

4360 पटक देखिएको

Niranjan Kumar Sah

असोज ३०,गौशाला 

आज गौशाला न.पा.६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा भएको विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित भएको छ  । उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा समाजसेवीहरुले आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए  ।  विद्यालय व्यवस्थापन समिति गठन गर्न सहजता नभएर उक्त कार्यक्रम स्थगित गरिएको हो  ।

उक्त कार्यक्रममा गौशाला न.पा.वडा न.६  को वडा अध्यक्ष नथुनी राउतले अध्यक्षता गर्नु भएको थियो  ।

मन्तव्य राख्ने क्रममा गौशाला न. पा. को शिक्षक संयोजक पुरुसोत्तम अधिकारिले धेरै विवाद कारणले करिब १८ महिना देखि बन्द रहेको उक्त विद्यालय अहिले सुधारमा रहेको बताउनु भएको छ  । त्यसैगरि अभिभाबक खेसारी रायले उक्त स्कुलमा शिक्षकहरु गैरजिम्मवार भइ राम्रोसंग पठन पाठन नगरेको भनेर आरोप लगाउनु भएको छ  । उहाले आफुसंग पैसा नभएको कारणले आफुले निजि बिद्यालयमा पढाउन  नसक्ने बताउनु भएको छ  ।

त्यसैगरि अनेरास्ववियुका युवा नेता सुर्यनारायण साहले शिक्षकहरुले आफ्नो पढाई माथि आफै विश्वास नगरी आफ्ना छोराछोरीलाइ बोर्डिंग स्कुलमा पढाएको भनेर आलोचना समेत गर्नुभएको छ  । कार्यक्रममा अर्का एक अभिभावकले व्यवस्थापन समिति गठन राम्रोढंगले नभएको भनेर आलोचना गर्नुभएको छ  । उहाले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्नुपर्ने जोड दिनु भएको छ  । उक्त विद्यालयमा पहिला कोहि पनि अभिभावक अनुगमन गर्न नआएको तर अहिले विवाद गर्न आएको कार्यक्रममा आलोचना भएको छ  ।

त्यसैगरि उक्त विद्यालयका शिक्षकहरु हाजिरी गरि आफ्नो घर जाने वा खेतमा काम गर्न जाने गरेको भनेर विद्यालयको सक्रियतामा निकै नै कमि भएको भनेर पुर्व अध्यक्ष महेन्द्र राय यादवले आलोचना गर्नु भएको छ  । उहाले महोत्तरी जिल्ला भरिमा सबैभन्दा बढी अवस्था गम्भीर भएको उक्त विद्यालयमा अहिले क्रमश केहि सुधार भएको बताउनु भएको छ  । पाठ्यपुस्तक वितरण नै नगरी बिल पेश गरि विद्यार्थीहरुबाट पैसा खाने गरेको कुरा उहाले सुधार गरेको बताउनु भएको छ  ।

विवादै विवाद मा अल्झिएको उक्त विद्यालयको व्यवस्थ्पान समिति गठन स्थगित भई मिति २०७७ /०७/०४ गतेको सारिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

22 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले