प्रहरीकै सेटिङमा ठूलो मात्रामा अवैध मदिरा उत्पादन हुदै

5 वर्ष पहिले प्रकाशित

(2077-07-06 B.S.)

2364 पटक देखिएको

कार्तिक ६ 

धनुषाको सहिदनगर नगरपालिकामा प्रहरीकै सेटिङमा ठूलो मात्रामा अवैध मदिरा उत्पादन भइरहेको खुलेको छ । यदुकोहा बजारस्थित भट्टी चोकमा ईलाका प्रहरी कार्यालयसँगै टाँसिएर अवैध घरेल्ु मदिरा उत्पादन भइरहेको पाइएको हो ।

केहीदिन अघि यस्तै अवैध घरेलु मदिरा भट्टीबाट उत्पादन भएको विषाक्त मदिराबाट धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकास्थित मुसहरी टोल तथा जनकपुर उपमहानगरपालिका–७ का दर्जनौ व्यक्तिको मृत्यु हुँदा यो भभट्टी बन्द गरिएको थियो ।

तर भट्टी संचालक अयोधी चौधरी र प्रहरीबीच ठूलै रकमको सेटिङ भएपछि निर्वाध रुपमा मदिरा उत्पादन भइरहेको स्थानीयहरु बताउँछन् । नगरपालिकाको मुख्य कार्यालयको करिब २० मिटरपूर्व छेउमा रहेको उक्त भट्टीमा २० हजार लिटर तरल कच्चा पदार्थ भण्डारण गर्ने आधुनिक तरिकाले ट्यांकी निर्माण गरिएको छ। गोदाम घरमा मदिरा उत्पादनमा प्रयोग हुने ठूलो मात्रामा सक्खर, चामल, युरिया खाद्यलगायत ठूलो मात्रामा भण्डारण गरिएको छ।

त्यहाँ पुग्दा मदिरा बनाउन प्रयोग हुने ठूलठूला भाँडाकुडा, चुलो देख्न सकिन्छ। रातभरि मदिरा उत्पादन गर्ने कार्य हुन्छ। धुँवाको मुस्लो र उत्पादन भइरहेको रक्सीको गन्धबाट पीडित स्थानीयहरुले नियमित गुनासो गरिरहेका हुन्छन्।

चौधरीले वर्षौदेखि अवैध घरेलु मदिरा उत्पादन गर्ने गरेकै कारण ठाउँको नाम समेत भटटीचोक रहन गएको छ। हालसालै नगरपालिकाले भट्टीचोक नाम फेरेर चोकको नाम आदर्शचोक राखिएको छ। चोकको नाम फेरिए पनि चौधरीको भट्टीलाई भने कसैबाट कुनै असर छैन। उनले निर्वाध रुपमा प्रहरी प्रशासनलाई महिनाबारी दिएर दैनिक हजारदेखि दुई हजार लिटरसम्म घरेलु मदिरा बनाएर विक्री वितरण गरिरहेको स्थानीयहरु गुनासो गर्छन्।

चौधरी धनुषा जिल्लाकै ठूला मदिरा भट्टी संचालक हुन्। मदिराबाटै उनले मासिक लाखौं कमाउँछन्। एक स्थानीयका अनुसार २० वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका चौधरीले भट्टी चलाएरै करोडौंको सम्पति जोडेका छन। उनले अहिले ठूला घर तथा शहरहरुमा महङगा जमिन जोडेका छन।
प्रहरीले अवैध मदिरा भट्टी बन्द गराउने तथा भत्काउने अभियान चलाएको हुन्छ। तर सो भट्टीकै अगाडी प्रहरी पोस्ट छ भने एककिलोमिटर पश्चिमतर्फ इलाका प्रहरी कार्यालय यदुकोहा पनि छ।

तर प्रहरीकै मुखमा रहेको चौधरीको भट्टी आजसम्म न कुनै प्रहरी प्रशासनले भत्काउन सकेको छ नत बन्द गराउन। चौधरीले तलदेखि माथिसम्मका प्रहरीलाई महिनाबारी दिएरै सो अवैध भट्टी चलाइरहेको स्थानीयहरु बताउँछन्। सो रक्सी सेवनबाट स्थानीयको ज्यान गएको गुनासो आउन थालेपछि प्रहरीले कहिलेकाहिँ जनतालाई देखाउन चुलो भत्काउने र केहि थान भाँडो लिएर जाने गरेका छन्। तर केहि दिनपछि पूर्ववत् चल्ने गरेको भट्टी नजिकैका स्थानीयले बताए।

एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने ‘तीनदिन अघिमात्र धनुषाकै वरिष्ठ प्रहरी अधिकारी समेत चौधरीको घरमा पुगेर फर्किएका थिए। त्यहाँ प्रहरीहरु आउजाउ गरिरहन्छन। तर भट्टी चलिरहन्छ। कारण के होरु चौधरीले प्रहरी प्रशासनका स्थानीयदेखि उच्चपदस्थलाई महिनाबारी दिएरै यहाँ अवैध भट्टी चलिरहेको छ।’

चौधरीले दैनिक उत्पादन गर्ने हजार लिटरभन्दा बढी मदिरा जिल्लाको विभिन्न स्थानदेखि प्रदेश तथा काठमाडौंसम्म प्रहरी प्रशासनसँग सेटिंग मिलाएर विक्री वितरण हुने गरेको स्थानीयको दाबी छ।
नगरपालिका कार्यालयकै पछाडिमा रहेको भट्टी बन्द गराउन जनप्रतिनिधिले पनि खासै चासो नदिएको स्थानीयको गुनासो छ। यता नगरपालिकाका जनप्रतिनिधले भने पटक पटक गएर चौधरीलाई भट्टी बन्द गर्न भनेपनि प्रहरीकै सहयोगले चलाएको बताएँछन्।

प्रहरी प्रशासनले खासै चाँसो नदिँदा चौधरीले भट्टी बन्द नगरेको सहिदनगरका मेयर उदयकुमार बरबरियाको तर्क छ। ‘हामीले पटक पटक गएर भट्टी बन्द गर्न भनेका छौं। कति दिन त समानहरु नै उठाएर ल्यायौं, चुलो भत्कायौं। तर प्रहरीले नै चासो नदिएका कारण चौधरीको मनोबल बढेको छ। उनले आफ्नो धन्दा चलाइरहेका छन्’ उनले भने ।

इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संदीप भण्डारीले आफु आएको तीनसाता मात्र भएकोले भट्टीको विषयमा आफूलाई जानकारी नभएको बताए।

‘म आएको तीनसाता जति मात्रै भयो त्यसैले चौधरीको भट्टी विषयमा मलाई जानकारी छैन। अब अनुसन्धान गर्छौं। अवैध मदिरा भट्ट चलाउन मिल्दैन। त्यस्तो छ भने भत्काउँछौं। बन्द गराउँछौं,’ उनले भने।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार वस्नेतले ६–७ महिना अघि चौधरीको भट्टी भत्काएको तर अहिले संचालन रहेकोबारे आफूलाई जानकारी नभएको दाबी गरे।
आफु तीनदिन अघि सहिदनगर नगरपालिका कार्यालयमै मेयरसंग भेट्न गएको तर चौधरीको घरमा नगएको उनको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

21 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले