सोनमा गाउँपालिकामा चारओटा शिल्यान्यास कार्यक्रम सम्पन्न
कार्तिक ११ ,सोनमा
सोनमा गाउपालिकाको फरक फरक ठाउमा चारओटा शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । सोनमा गाउपालिकाको वडा न.८ को कन्तावा नदिमा पुलको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । सोनमा गाउपलिका अध्यक्ष राजकुमार यादवद्वारा उक्त शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त शिल्यान्यास कार्यक्रमको अध्यक्षता वडा न. ८ को वडा अध्यक्ष राजदेव यादवले गर्नुभएको थियो । किसानहरुलाइ तथा जनसमुदायलाइ ओहोरदोहोर ,सामग्री ओसारपोसार गर्न सहज बनाउने उद्धेश्यले उक्त पुल निर्माण गर्न लागिएको बिशेष उपस्थित सोनमा गाउपालिका वडा न.१ को वडा अध्यक्ष तथा प्रवक्ता अशोक कुमार यादवले जानकारी दिनु भएको छ । २ करोडको योजनामा सुहानी निर्माण सेवा प्रा.लि.ले ५२ प्रतिशत बिलोमा उक्त पुल निर्माण ठेक्का लिएको उहाले जानकारी दिनु भएको छ । बिशेष गरि सोनमा गाउपालिका वडा न.१,२,३ का कृषकहरुलाई उक्त पुलबाट लाभ हुने उहाले बताउनु भएको छ ।


त्यसै गरि सोनमा गाउपालिकाको सुन्दरपुरबाट जयपुर मनहर्वा जाने बाटोको बीचमा रहेको रुपनी खोलाको पुल निर्माणको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त शिल्यान्यास पनि सोनमा गाउपालिका अध्यक्ष राजकुमार यादवले गर्नु भएको छ । स्थानीय वासीहरुलाई खोला आरपार गर्न निकै कठिन हुने भएकाले सहजताको लागि पुल निर्माण गर्न लागिएको छ । १ करोड ९६ लाखको योजनामा ५२ प्रतिशत बिलोमा शुभन कन्स्ट्रक्सनलाइ उक्त पुल निर्माण ठेक्कामा दिइएको छ ।

त्यसै गरि सोनमाको तरहारीबाट खेस्राहा गुलरिया जाने बाटो अन्तर्गत कन्तवा सिचाई योजनाको पुर्व पट्टि एक अस्पतालको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त शिल्यान्यास सोनमा गाउपालिका अध्यक्ष तथा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव द्वारा गरिएको छ । उक्त अस्पताल निर्माणको लागि १५ कठ्ठा जमिन मा १४ कठ्ठा जमिन अस्पतालको लागि र १ कठ्ठा जमिन बाटोको लागि छुट्याइएको छ । १५ शैय्याको व्यवस्था गरिने उक्त अस्पताल निर्माणको लागि स्थानीय राम प्रताप यादवले आफ्नो पुर्ख्यौली जमिन गाउपालिकाको नाममा रजिस्ट्रेसन गर्नु भएको छ । जनताको सुविधाको लागि आफ्नो स्वच्छाले उक्त जमिन दान गरेको उहाले बताउनु भएको छ ।

र त्यसैगरि सोनमा गाउपालिकाकै वडा न.२ इमलिया बजारमा श्री सोनानाथ युवा क्लवको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक मनोरंजन समेत समावेश गरिएको उक्त कार्यक्रमको अध्यक्षता क्लवको अध्यक्ष अजय कुमार यादवले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव र बिशेष अतिथिको रुपमा गाउपालिका अध्यक्ष राजकुमार यादव उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि अतिथिमा गाउपालिका उपाध्यक्ष विभा देवी साह,साथै विभिन्न वडाका वडा अध्यक्ष, समाजसेवी ,बुद्धिजीवी ,र स्थानीयहरु उपस्थित रहेका थिए । शिक्षित ,बिकसिक र समानतामुलक समाजको निर्माणको लागि उक्त युवा क्लवको स्थापना गरिएको क्लवको सल्लाहकार सुनिल कुमारले जानकारी दिनु भएको छ ।


महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
21 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
21 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
24 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
25 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments