बिकको खुट्टा छिनाल्ने दुई युवा पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2077-07-14 B.S.)

1802 पटक देखिएको

कार्तिक १४  

तुलसीपुर उपमहानगरपालिका -११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।

कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले उनीहरू दुबै जनाले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारेको बताए।

पक्राउ परेका अमृत र पवन ज्वाइँ-जेठान हुन्। दशैंका दिन  पवन माइती आएका थिए। दशैं मनाउन भन्दै ज्वाइँ-जेठानसहित गाउँका ७‍-८ जनाले रक्सी खाए। 

त्यहीबेला तुलसीपुर-१० गौलौरीमा चौधरीहरूले झगडा गरे। हानाहान र कुटाकुट भयो। गौलौरीका दुर्गा चौधरी र विजय चौधरीलगायत दुबै पक्षका मानिस घाइते भए। त्यसपछि दुर्गाका कान्छा छोरा सञ्जिव चौधरीले पढ्ढाका अमृत चौधरीलाई फोन गरेर गुहार मागे।  दुर्गा  र अमृत मामा-भाञ्जा हुन्।

पढ्ढामा सँगै  रक्सी खाइरहेका अरू घरघर गए। मदिराले मातेका अमृत र पवन घरबाट खुर्पा लिएर निस्किए। गौलौरी गाउँतिर  लागे।

बाटोमा कुमार बिक भेटिए। उनी तुलसीपुर-१२ टरिगाउँस्थित भान्जाको घरबाट बिहेभोज खाएर आउँदै थिए। 

अमृत र पवनले बिकलाई सोधपुछ गरे। बिकले भान्जाको बिहे खाएर आएको भने।

भोजमा गएका बिकले पनि रक्सी खाएका थिए। उनीहरूले फेरि झगडा गरेर आइस् भनेर सोधे। बिकले पनि सामान्य झगडा भएको र त्यस्तो केही नभएको तथा आफू घर जान लागेको जवाफ दिए। खासमा बिक पनि भान्जाको घरबाट भनाभन गरी घर जान्छु भनेर हिँडेका थिए।

त्यो कुरापछि चौधरीद्वयले बिक पनि झगडामा सामेल भएको ठहर गरे। अनाहकमा उनीमाथि निर्मम तरिकाले आक्रमण भयो।

आक्रमणपछि बिकको बाँया खुट्टाको गोलीगाँठा भन्दा माथिबाट च्याट्टै छिनालिदिए। दुबै हात र ढाडमा समेत गहिरो घाउ लाग्ने गरी आक्रमण गरे।

सूचना पाएलगत्तै प्रहरी गएर उद्धार गरी बिकलाई अस्पताल पुर्‍यायो। प्रहरीले  छिनालिएको बिकको खुट्टा बाल्टिनमा राखेर लगेको थियो। अत्याधिक रक्तस्राव भइसकेको हुँदा रातारात प्रहरीकै सक्रियतामा रगतको जोहो भयो। रगत दिँदै बिकलाई बाँके पुर्‍याइयो।  अहिल‍े उनको लखनउमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

21 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले