गौशाला नगरपालिकामा आज शिक्षा शाखा द्वारा आयोजित शुभकामना कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-07-15 B.S.)

4923 पटक देखिएको

कार्तिक १५ , गौशाला 

गौशाला नगरपालिकामा आज शिक्षा शाखा द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  हिन्दुहरुको महान चाड दशैँ ,शुभ दिपावली ,छठ तथा मुस्लिमहरुको पर्व महर्रमको शुभ उपलक्ष्यमा शुभकामा आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  कार्यक्रममा गौशाला नगरपालिकाको नगरप्रमुख शिवनाथ महतोले अध्यक्षता गर्नुभएको थियो  कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. २ का सांसद माननीय भरत प्रसाद साह ,बिशेष अतिथि गौशाला न.पा. का उपमेयर आशा लामा तथा शिक्षा शाखाका संयोजक पुरुसोत्तम अधिकारि , गौशाला न. पा. भित्र रहेका विभिन्न विद्यालयका प्र. अ. ,शिक्षकहरु ,राजनीतिक क्षेत्र बाट पार्टीका प्रतिनिधिहरु साथै १२ वटै वडाका  जनप्रतिनिधि ,समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा शुभकामा दिने क्रममा शिक्षाप्रति बहस तथा त्यसको बारेमा आलोचना समेत गरिएको थियो  कार्यक्रममा शिक्षक महासंघको भवनको शिल्यान्यास सरोकारवाला शिक्षक तथा नगरपालिकालाइ  जानकारी नै नगराइकन भएको भनेर त्यसप्रति आलोचना समेत भएको थियो 

त्यसैगरि श्री राष्ट्र मा.वि.का प्र.अ.शुभकरण यादवले शिक्षकहरुले गैरजिम्मेवार भई कार्य गरेको ,शिक्षकहरुले विद्यालयको उचित व्यवस्थापन गर्न नसकेको ,उनीहरु आफ्मो मर्यादामा नबसेको र राजनीति गर्नु  शिक्षकको काम नभएको भनेर त्यसप्रति आपत्ति जनाउनु भएको छ  उहाले अनलाइन कक्षा संचालनको अनुगमन स्थानीय सरकार र शिक्षक महासंघबाट पनि  नभएको तथा शिक्षकहरु पनि आफ्नो विद्यार्थीप्रति जिम्मेवार भइ  अनुगमन नगरेको भनेर आलोचना गर्नु भएको छ 

उहाले आफु शिक्षक भएर शिक्षकप्रति नै आरोप प्रत्यारोप लगाउनु भएको छ 

त्यसैगरि शुभकामना दिने क्रममा नगर प्रमुख शिवनाथ महतोले भने, "गुरु शब्द नै एउटा मर्यादित शब्द,सम्माननीय पद हुन्छ तर अहिले त्यो मर्यादित पदलाई धजिया उडाइएको प्रमाण भिडियो सहित म संग छ  जसमा गुरु चेला होटेलको टेवलमा बसेर रक्सि ,पान, गुटका खाएको कर्तुतहरु देखिएको छ  त्यति सम्म मात्र कहाँ होर ,५० वर्षको शिक्षकले एउटा वालिकालाइ ५० रुपैयाको प्रलोभन देखाएर अनैतिक कार्य गर्न प्रयास गरेको भिडियो पनि म संग छ र समय आएपछि सार्वजनिक गर्नेछु ।"  

उहाले यस्तो गलत कार्यहरु 4,५ वटा संकलन गरेर राखेको बताउनु भएको छ 

उहाले कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै र कोभिड १९ बाट बच्न आवश्यक मापदण्डहरु पालना गर्न आग्रह गर्दै कार्यक्रमको अन्त्य गर्नु भएको छ    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

3 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

18 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

3 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

18 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले