चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : हेर्नुहोस कस्तो छ योजना महोत्तरीमा

5 वर्ष पहिले प्रकाशित

(2077-07-21 B.S.)

1923 पटक देखिएको

कार्तिक २१ गते 

चाडपर्वको बेला आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै महोत्तरीमा प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ । वडादशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो । चाडपर्वको समयमा बिभिन्न आपराधिक गतिविधिहरु बढ्न सक्ने भएकाले विशेष सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विशेषगरी तिहार (दीपावली) र छठ पर्वअघि भारतीय बजारबाट विष्फोटक पदार्थ (बारुद प्रयोग गरेर बनाइएका विभिन्न आकार र क्षमताका पटाका) भित्रिने विगतको अनुभवका आधारमा सीमाक्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । “हामीले दशैं पर्व अघि देखि नै विशेष सुरक्षा योजनाका साथ काम गर्दै आएका छौं”, उनले भने, “तिहार र छठ पर्वमा सीमाक्षेत्र र अन्य भेगमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न अझ बढी सतर्कता अपनाउँदै छौं ।”

यसैगरी सशस्त्र प्रहरीको जिल्लास्थित ९ नम्वर गण हेडक्वाटर जलसागरले पनि चाडपर्व लक्षित थप योजना बनाएर मातहतका बेस क्याम्प र सीमा सुरक्षा पोष्ट (बिओपी) लाई सक्रिय बनाएको छ । यस क्रममा अवाञ्छित गतिविधि रोक्न वा नियन्त्रण गर्न जिल्लाका सबै भेगमा पिकेट (निश्चित अवधिका लागि ठाउँ तोकेर परिचालित गरिएको सुरक्षा टोली), गाडी मोवाइल (सघन गस्ती घुम्ती टोली), मोटरसाइकल गस्ती, क्विक रेस्पोन्स टिम (गुनासो वा सूचना प्राप्त हुनासाथ तत्काल परिचालित हुने टोली) र मोवाइल चेक प्वाइन्ट (ठाउँ÷ठाउँमा विशेष जाँच गर्ने टोली) परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विशेष सुरक्षा योजनाअनुसार नेपाल–भारत सीमाक्षेत्र, जिल्लाका धार्मिक स्थल, बस बिसौनी (सार्वजनिक सवारी साधनमा यात्रु चढ्ने र ओर्लने ठाउँ) मुख्य बजार तथा आर्थिक कारोबार बढी हुने बैङ्क र वित्तीय संस्था रहेका ठाउँमा सुरक्षा टोली परिचालित गरिएका छन् । यसका साथै अहिले ५७ वटा क्विक रेस्पोन्स टिम परिचालित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस योजनाअन्तर्गत जनशक्ति थपेर ५०० जना परिचालित गरिएको प्रहरी नायव उपरीक्षक बिष्टको भनाइ छ ।

त्यस्तै सशस्त्र प्रहरी बल ९ नम्वर गण हेडक्वाटर जलसागर (महोत्तरी) ले भारतीय सीमाक्षेत्रमा रहेका आठवटा सीमा सुरक्षा पोष्ट, राजश्व अनुगमन टोली र जिल्लाका सशस्त्र प्रहरी निरीक्षक नेतृत्वका बेस क्याम्प उच्च सुरक्षा सतर्कताका साथ काम गरिरहेको बताइएको छ । खासमा तिहार र छठमा विष्फोटक सामग्री भित्रिने, भन्सार छलीका घटना बढ्ने विगत अनुभवका आधारमा सक्रियता बढाइएको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

तिहारको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएयता नै सशस्त्र प्रहरीले गैरकानूनी तवरले भित्रिदै गरेका करिब रु १० लाख मूल्य बराबरका सामग्री बरामद गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भिठ्ठामोर (महोत्तरी) मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

20 घन्टा पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

21 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले