७ महिनादेखिको तलब पाउन नसकेपछि आन्दोलनमा उत्रिने चेतावनी
कार्तिक २२ गते
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट अहिलेसम्म ल्याउन नसक्दा पालिकाका कर्मचारीहरु तलब पाउनसकेका छैनन् ।
गाउँपालिकाको गाउँसभा सम्पन्न भएपनि जनप्रतिनिधिहरूको विवादका कारण बजेट आउन नसक्दा गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले ७ महिनादेखिको तलब पाउन नसकेपछि आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकास तर्फका ८२ र १२ जना कर्मचारी गरी कूल १८० जनाले तलब पाएका छैनन् । त्यस्तै, गाउँपालिकमा प्रावि तथा मावि गरी कूल ११ वटा विद्यालय र ४ वटा स्वास्थ्य चौकी रहेका छन् ।
गएको जेठ महिनादेखि ३५ जना स्वास्थ्यकर्मीको तलब, दशैं पेश्की र क्वारेन्टाइनमा खटेकाहरूको जोखिम भत्ता बाँकी छ भने प्राथमिक विद्यालयका शिक्षकले असारदेखिको तलब र माध्यमिक विद्यालयका शिक्षकको गत वैशाखदेखिको तलब पाउन सकेका छैनन् ।
आन्तरिक विवादका कारण चालु आर्थिक वर्षको ४ महिना बित्न लाग्दा पनि बजेट आउन नसकेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ सभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीचका कुरा मिल्न नसक्दा बजेट आउन नसकेको हो ।
शिक्षक तथा स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीले तलबका लागि ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिकाको कार्यालयसमेत आउन छाडेका गाउँपालिकामा कार्यरत कर्मचारीले बताएका छन् ।
पालिकामा जनप्रतिनिधिबीचको आन्तरिक विवाद समाधान नभएसम्म बजेट आउने कुनै सम्भावना नदेखिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ । उहाँले अगाडि भने, ’यस्तो कोरोना महामारीको विषम परिस्थितिमा समेत खटेका स्वास्थ्यकर्मीले तलब पाउन अझै केही दिन कुर्नुपर्नेछ ।
महामारीमा समेत अहोरात्र खटेका स्वास्थ्यकर्मीले पालिकामा पटकपटक तलब माग्न जाँदो गाउँपालिका अध्यक्ष यादवले अख्तियारी नदिएका कारण भुक्तानी गर्न कानून बिपरित भएको भन्दै तलब दिन कठिनाइ भएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर बताउँनुहुन्छ ।
गाउँपालिका अन्तर्गत रहेका कर्मचारीले दशैंजस्तो पर्वमा समेत तलब, दशैं पेश्की र जोखिम भत्ता नपाउँदा बाध्य भएर जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्रसमेत बुझाएपनि सम्बन्धित निकायले चासो दिएको छैन ।
यता, गाउँपालिका अध्यक्ष मनोज यादवले करिब एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नै कार्यालय आउन छाडेकोले बजेट ल्याउन नसकेको उल्टै आरोप लगाउनुभयो । थप प्रतिक्रिया लिन खोज्दा उहाँले फोन काटेर सम्पर्कविहीन बन्नुभयो ।
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
20 घन्टा पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
21 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
21 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
24 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
25 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments