गौशाला नगरपालिकामा भ्रष्टचारिको सम्बन्धमा नया काण्ड फेरी
कार्तिक २२ गते
गौशाला नगरपालिका मा फेरी नया भ्रष्टचारिको सम्बन्धमा काण्ड भएको छ ।
महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको घटना अढाई लाख रुपैँया घुस लिएर मिलाइएको खुलेको छ ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामाले मिलेर घटना मिलाएको खुलासा भएको हो । गौशाला नगरपालिकामा भ्रष्टाचारको र माफियाहरुको अन्त्य गर्छु भन्ने मेयरले नै भ्रष्टाचार गरेर भ्रष्टाचारीहरुको मनोवललाइ बढाएका छन् ।
पहिला पनि गौशाला नगरपालिकामा यस्ता धेरै काण्डहरु भएको छ तर त्यसको अनुशन्धान भने अधुरै रहेका छन् जनताको सेवा गर्नेले नै भ्रष्टाचार गरेपछि समाजका यस्ता अपराधजनक कार्यहरु अन्त्य हुनेमा आशंका उत्पन्न भएको छ ।
‘मुख्य अभियुक्त कर्मचारी वडाध्यक्षको छोराले मेयर–उपमेयरको खुट्टा समाएर माफी मागे र अढाई लाख रुपैँया घुस दिएर घटना मिल्यो,’ नगरपालिका स्रोतले भने ।
त्यहाँका नेकपाका केही नेताले मेयर महतो र उपमेयर लामालाई घुस दिने सेटिङ मिलाएको बताइएको छ ।
तर घटना मिलेको सुइको पाएपछि दशैँको बेला अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले फाईल लगेको खुलेको छ ।
नगरपालिकाले उजुरी नगरेपछि नगरका एक स्थानीयले गोप्य उजुरी दिएको अख्तियारले जनाएको छ ।
मोटो रकम कमिसन खाएर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर उपभोक्तालाई चेक दिइएको थियो ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो ।
पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार दिइएको थियो ।
किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।
९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको थियो । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको थियो ।
कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो ।
नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । मेयर र उपमेयरले पैसा लिएर जघन्य अपराध मिलाउने गरेको घटनाले गौशाला नगरपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् ।
‘हरेक योजनामा मेयरलाई २० प्रतिशत र उपमेयरलाई पनि त्यहीँ हिँसाबले कमिसन चाहिन्छ । कर्मचारीले पनि घुस खाएको छ । प्रमाण सहित घटना बाहिरहँदा पैसा लिएर मिलाईन्छ । यस्ता भ्रष्टले गौशाला चल्दैन् । राजीनामा दिनुपर्छ,’ स्थानीय चन्दन साहले भने ।
तर घुस लिएको विषयमा उनले विपक्षीले हल्ला फिजाएको बताए । अख्तियारले फाइल लगेर अनुसन्धान गरिरहेको मेयर महतोको भनाई छ ।
स्रोत :टुडेपाटी
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
20 घन्टा पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
21 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
7 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
13 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
21 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
21 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
24 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
25 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments