गौशाला नगरपालिकामा भ्रष्टचारिको सम्बन्धमा नया काण्ड फेरी

6 वर्ष पहिले प्रकाशित

(2077-07-21 B.S.)

4520 पटक देखिएको

कार्तिक २२ गते 

गौशाला नगरपालिका मा फेरी नया भ्रष्टचारिको सम्बन्धमा काण्ड भएको छ 

महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको घटना अढाई लाख रुपैँया घुस लिएर मिलाइएको खुलेको छ । 

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामाले मिलेर घटना मिलाएको खुलासा भएको हो । गौशाला नगरपालिकामा भ्रष्टाचारको र माफियाहरुको अन्त्य गर्छु भन्ने मेयरले नै भ्रष्टाचार गरेर भ्रष्टाचारीहरुको मनोवललाइ बढाएका छन् ।

पहिला पनि  गौशाला नगरपालिकामा यस्ता धेरै काण्डहरु भएको छ तर त्यसको अनुशन्धान भने अधुरै रहेका छन् जनताको सेवा गर्नेले नै भ्रष्टाचार गरेपछि समाजका यस्ता अपराधजनक कार्यहरु अन्त्य हुनेमा आशंका उत्पन्न भएको छ ।

‘मुख्य अभियुक्त कर्मचारी वडाध्यक्षको छोराले मेयर–उपमेयरको खुट्टा समाएर माफी मागे र अढाई लाख रुपैँया घुस दिएर घटना मिल्यो,’ नगरपालिका स्रोतले भने ।

त्यहाँका नेकपाका केही नेताले मेयर महतो र उपमेयर लामालाई घुस दिने सेटिङ मिलाएको बताइएको छ ।

तर घटना मिलेको सुइको पाएपछि दशैँको बेला अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले फाईल लगेको खुलेको छ ।

नगरपालिकाले उजुरी नगरेपछि नगरका एक स्थानीयले गोप्य उजुरी दिएको अख्तियारले जनाएको छ ।

मोटो रकम कमिसन खाएर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर उपभोक्तालाई चेक दिइएको थियो ।

योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो ।

पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार दिइएको थियो ।

किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।

९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको थियो । कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको थियो ।

कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो ।

नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । मेयर र उपमेयरले पैसा लिएर जघन्य अपराध मिलाउने गरेको घटनाले गौशाला नगरपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् ।

‘हरेक योजनामा मेयरलाई २० प्रतिशत र उपमेयरलाई पनि त्यहीँ हिँसाबले कमिसन चाहिन्छ । कर्मचारीले पनि घुस खाएको छ । प्रमाण सहित घटना बाहिरहँदा पैसा लिएर मिलाईन्छ । यस्ता भ्रष्टले गौशाला चल्दैन् । राजीनामा दिनुपर्छ,’ स्थानीय चन्दन साहले भने ।

तर घुस लिएको विषयमा उनले विपक्षीले हल्ला फिजाएको बताए । अख्तियारले फाइल लगेर अनुसन्धान गरिरहेको मेयर महतोको भनाई छ ।

स्रोत :टुडेपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..