पुनः संक्रमणको जोखिम

5 वर्ष पहिले प्रकाशित

(2077-07-24 B.S.)

2015 पटक देखिएको

कात्तिक २४ 

कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि भएको छैन ।

एकपटक संक्रमित भएको व्यक्ति पुनः संक्रमित भए कस्तो जटिलता आउन सक्छ या प्रतिरक्षा प्रणाली बलियो भइ अवस्था सामान्य नै रहन्छ ? यसबारे विज्ञहरुकै धारणा फरक–फरक छ ।

विश्वभर नै कोरोना पुनःसंक्रमणको बहस चलिरहेको छ । नेपालमा आधिकारिकरुपमा ‘केस’हरु बाहिर नआएपनि पुनः संक्रमणको केसहरु फाट्टफुट्ट देखिन थालेका छन् ।

हङकङका ३३ वर्षीय पुरुषमा पहिलोपटक पुनः कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएकी नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको कोरोनाकै कारण मृत्युसमेत भयो ।

यी घटनाहरुपछि कोरोनाभाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने प्रश्न उब्जिएको छ । तर, पुनः संक्रमण पहिलो संक्रमणभन्दा भिन्न र जटिल हुन्छ या हुँदैन भन्नेमा विशेषज्ञहरु नै अलमलमा छन् ।

विभिन्न मुलुकमा गरिएको अनुसन्धानहरुले कोभिड–१९ विरुद्ध प्राप्त रोगप्रतिरोधी क्षमता तीनदेखि पाँच महिनासम्ममात्र रहने देखाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले केही मुलुकहरुमा कोरोना पुनः संक्रमणको केस देखिइसकेकोले पुनः संक्रमणको अवस्थालाई नर्कान नसकिने बताउनुहुन्छ ।

कोरोनाभाइरसको ‘जीन’ परिवर्तन भएपछि एकै व्यक्तिलाई पुनः संक्रमण हुने गरेको डा. पुन बताउनुहुन्छ ।

डा. पुनले नेपालमा कोरोनाभाइरसको जीन परिवर्तन भएको आधिकारिकता पुष्टि नभएपनि परिवर्तन भएको अनुमान गरिएको भन्दै नेपालमा पनि पुनः संक्रमणको जोखिम रहेको बताउनुहुन्छ ।

कोरोनाभाइरस पुनः संक्रमणपछि केहीमा सामान्यदेखि गम्भीर लक्षणहरु देखिएको डा. पुनको भनाइ छ ।

पुनः संक्रमण हुँदा स्वास्थ्य अवस्था जटिल या सामान्य के हुन्छ भन्ने स्पष्ट जानकारी आइनसकेको डा. पुनको भनाइ छ ।

यता, जनस्वास्थ्यविद्को भने फरक दाबी छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे एकपटक कोरोना संक्रमण भएर निको भएकालाई पुनः संक्रमण हुने सम्भावना न्यून रहेको र भइहालेपनि जोखिमको सम्भावन कम हुने दाबी गर्नुहुन्छ ।

निको भइसकेका व्यक्तिमा पुनः संक्रमण भए यसले आगामी दिनमा थप चुनौती खडा गर्ने विषयलाई नकार्न भने सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

20 घन्टा पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

21 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

7 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

21 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

21 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

24 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

25 दिन पहिले