भारतीय मजदुर नआएपछि अधिकांश उद्योग बन्द

6 वर्ष पहिले प्रकाशित

(2077-08-15 B.S.)

13949 पटक देखिएको

मंसिर १६ ,विराटनगर 

कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो पटक भने कामदार अभावमा ६० वटाभन्दा धेरै उद्योग बन्द भएका छन् । प्रदेश–१ का अधिकांश इटा उद्योग भारतीय कामदारको भरमा छन् ।

झापा, मोरङ र सुनसरीमा अधिक मात्रामा ठूलो उत्पादन क्षमता भएका इटा उद्योग छन् । तर, भारतमा धेरै कोरोना संक्रमण फैलिएपछि नेपाल–भारत सीमा बन्द गरिएको छ । सीमा नखुल्दा कामदार आउन सकेका छैनन् । हरेक इटा उद्योगमा तीन चार सय भारतीय कामदार आउने गर्दथे । 

कोसी इटा संघका अध्यक्ष महेन्द्रप्रसाद साहले ६६ वटा उद्योग कामदार अभावमा बन्द भएको जानकारी दिदैं भने,“इटा उद्योग भारतीय कामदारकै भरमा चल्ने हुन् तर कोरोनाका कारण उनीहरु आउन सकेका छैनन्, त्यही भएर इटा उत्पादन बन्द गर्नुको विकल्प नै रहेन ।” संघका अनुसार मोरङ र सुनसरीमा गरी ४३ इटा उद्योग छन् । झापामा २३ वटा इटा उद्योग बन्द भएका छन् । 

भारतीय कामदारलाई मुख्य नाइके सरदारले ल्याउने गर्दछन् । उनैले समन्वय गरेर कुचबिहारसम्म अग्रिम रकम ‘दादन’ पठाइन्थ्यो । तर, यो पटक भने दादन पठाउने काम नै हुन सकेन । यसरी काम गर्न आउने कामदारका छोराछोरीलाई यता रहुन्जेल पठनपाठनको व्यवस्था गरिदिने र परिवारको बसोबासको व्यवस्था उद्योगले नै गरिदिन्थे । 

झापा इटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापाका अनुसार झापासहितका क्षेत्रमा भारतको पश्चिम बंगालस्थित कुचबिहार क्षेत्रबाट कामदार आउने गर्दथे । तर, यो पटक कोरोनाका कारण कोही पनि आएको छैन । थापा भन्छन्, “यो पटक इटा उत्पादन नराम्रोसँग प्रभावित बनेको छ ।”  

काँचो इटा साँचोमा हालेर बनाउने, सुकाउने र जतनसाथ भट्टमा ल्याएर पकाउने,  चाङ लगाउने, रातो धुलोले छोप्ने जस्ता काममा दक्ष कामदार चाहिने र त्यो पूर्ति भारतीयबाट मात्र हुने कोसी इटा संघका अध्यक्ष साह बताउँछन् । उनी भन्छन्,“ भट्टीमा आगो लगाउनेदेखि तयार भएको इटाको श्रेणी छुट्याउने जस्ता काम गर्न नेपाली कामदारले सक्दैनन् । हामीले स्वदेशी कामदार मगाए पनि आउँदैनन् । इटा उद्योग नै भारतीय मजदुरकै भरमा चलेका छन् ।” 

साहका अनसार एक इटा उद्योगले वार्षिक सरदर ३० देखि ५० लाख थान इटा उत्पादन गर्छन् । प्रदेश–१ मा वार्षिक रुपमा साढे २६ करोड थान इटा उत्पादन हुन्छ । कात्तिकबाट शुरु हुने उत्पादन वैशाखसम्म निरन्तर चल्ने गर्छ । धेरै कामदार परिवारसाथ नेपाल आउने गर्छन् । इटा उत्पादन हुन नसक्दा  स्टकले माग थेग्न नसक्ने उद्योगीको भनाइ छ । यसले निर्माणका काममा समेत प्रभाव पर्न सक्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

22 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले