सेलाएको नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी फेरि तात्न थाले

6 वर्ष पहिले प्रकाशित

(2077-08-16 B.S.)

1692 पटक देखिएको

मंसिर १७ 

कोरोना महामारीका कारण सेलाएको नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी फेरि तात्न थालेको छ । महाधिवेशनका लागि आफ्नो पक्षमा माहोल बनाउन नेताहरु जिल्ला दौडाहामा निस्कन थालेका छन् । कात्तिक २८ गतेको केन्द्रीय समिति बैठकले मंसिरभित्र क्रियाशील सदस्यता वितरणको काम सक्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएपछि नेताहरु काठमाडौं उपत्यकाबाट बाहिरिन थालेका हुन् ।

यतिबेला जिल्ला दौडाहामा निस्किनेहरुमा अधिकांश संस्थापन पक्षका नेता छन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद, ज्ञानेन्द्र कार्की, डा. नारायण खड्का, शंकर भण्डारी, किशोरसिंह राठोर, नैनसिंह महरलतायतका नेता जिल्ला दौडाहामा छन् । कोही नेता केही दिनको जिल्ला दौडाहापछि काठमाडौं फर्किएको अवस्था छ भने कोही अझै जिल्लामै छन् ।

मुलुकमा कोरोना महामारीको प्रभाव नहुँदै विभिन्न जिल्लामा पुगेर आफ्नो पक्षमा माहोल बनाउन प्रयास गरेको संस्थापन इतरपक्ष पनि फेरि जिल्लाहरुको भ्रमणमा निस्किन थालेको छ । गत वर्ष माघमा महाधिवेशन कार्यतालिका प्रकाशित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु जिल्ला दौडाहामा निस्किएका थिए । तर कोरोना महामारीका कारण महाधिवेशनसम्बन्धी गतिविधि हुन नसक्ने भएपछि उनीहरुले आफ्नो अभियान रोकेका थिए ।

पौडेल पक्षले सुरुमा एकत्रित भई प्रदेश २ मा आफ्नो नाडी छाम्ने प्रयास गरेको थियो । जसमा नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला लगायतका नेता सहभागी थिए ।

गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा नेता कार्यकर्ता भेटघाटपछि कोरोना महामारीले पौडेल पक्षको प्रभाव विस्तारमा ब्रेक लगाएको थियो । यद्यपि नेता शेखर कोइराला भने कोरोना प्रभावलाई चुनौती दिँदै जिल्ला दौडाहालाई पूर्ण रुपमा ब्रेक लगाएनन् ।

गत फागुन १० बाट लुम्बिनी प्रदेशका जिल्लाहरुको यात्रा थालेका शेखरले कोरोना महामारीमा प्रदेशको यात्रा जारी राखे । सुरुमा शेखर कोइरालाको अभियानमा नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र गगन थापा, दिपक गिरी, बर्दिया काँग्रेसका सभापति संजय गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेललगायत पनि साथ थिए । तर कोरोना महामारीका कारण सहयात्रीहरुले अभियान छोडे पनि शेखर एक्लै विभिन्न जिल्लामा पुगिरहे । उक्त क्रम उनले अहिले पनि जारी राखेका छन् ।

यता, वरिष्ठ नेता पौडेल पनि मंगलबार (आज) गृह जिल्ला तनहुँमा पुगेका छन् भने महामन्त्री शशांक कोइराला आफ्नो निर्वाचन क्षेत्र नवलपरासीबाट भर्खरै काठमाडौं फर्किएको बुझिएको छ ।

यस्तै, काँग्रेसको तेस्रो समूह पनि जिल्ला दौडाहामै छ । तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौला जिल्ला दौडाहमा निस्किने तयारी छ भने गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीलगायत पनि उपत्यका बाहिर–भित्र गरिरहेका देखिन्छन् ।

यतिबेला नेताहरुको जिल्ला दौडाहाको मुख्य उद्देश्य क्रियाशील सदस्यतामा खेलेर जिल्ला तहमा प्रभाव जमाउने नै देखिन्छ ।

नयाँ संरचना अनुसार काँग्रेसले स्थानीय तहका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्र गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ । जसको मुलआधार क्रियाशील सदस्यतासँग जोडिन्छ ।

महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजीका बीच नेताहरु कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयासमा विभिन्न जिल्लामा पुग्न थालेका हुन् ।

सभापति शेरबहादुर देउवाले जिल्लाहरुमा आफ्नो अवस्थाको लेखाजोखाका लागि निकट नेताहरुलाई उपत्यका बाहिर पठाएको बुझिएको छ । संस्थापन इतरपक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्न कार्यकर्तामाझ पुग्न थालेको छ भने देउवाले पनि जिल्लाहरुमा आफ्ना सहयोगीलाई परिचालन गरेर आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..