औरहीको फुलवरियामा पुल शिलान्यास कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-08-19 B.S.)

4352 पटक देखिएको

मंसिर १९ 

आज महोत्तरीको औरही न.पा.२ फुलवरियामा जङ्गहा नदीको पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश न. २ द्वारा आयोजना गरिएको शिलान्यास समारोहमा प्रमुख अतिथि महोत्तरी क्षेत्र न. २ को संघीय सांसद तथा पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारी ,बिशेष अतिथि प्रदेश २ को  भौतिक पूर्वाधार तथा बिकास मन्त्रि जितेन्द्र प्रसाद सोनल लगाएत जसपाको केन्द्रिय सदस्य राजनारायण जस्ता धेरै नेता तथा जनप्रतिनिधिहरु उपस्थित रहेका थिए ।

१६ करोड २३ लाख १९ हजार ९ सय चालिसको आयोजना रहेको उक्त पुल रसुवा /ऐश्वारिया jv(बसुन्धरा ,काठमाडौँ )लाइ १२ करोड ६५ लाख ७ हजार ८ सय सन्ताउन्नमा ठेक्का दिइएको छ । पुल निर्माण २ बर्षमा सम्पन्न हुने बताइएको छ ।

समारोहमा बोल्दै जसपा महोत्तरी जिल्लाका जिल्ला अध्यक्षले भने 'मठमन्दिर पुल निर्माण गरेर मात्र हुदैन ,किसानको सहजताको लागि खाद् मल बीउबिजनको आपूर्तिको गर्नु पनि जरुरि रहेको छ' ।

'प्रदेश न.२ का मा. कौशल यादवले भने पिछडिएको यो गाउमा पुल मात्र होइन,अझै बिकासको कमि रहेको देखिन्छ । स्कुल छ ,तर स्कुलमा शिक्षक नै छैन' ।

उनले युगौदेखि फुलवरियाका बासिन्दाहरुले दुख र कष्ट व्यतित गर्दै आएको र मालिकको आज्ञाको पालना गर्नेजस्ता पुराना परम्परा रहेको कारणले सो गाउमा बिकासको कमि देखिएको बताएका छन् ।

'अब यो गाउको बिकास निश्चित नै रहेको छ, किनभने बरिष्ट नेता मा.शरत सिंह भण्डारीले यो गाउमा पाइला टेकीसक्नु भएको छ' उनले थपे ।

२ न. प्रदेशका मा.मत्रिहरुलाइ केन्द्रिय सरकारले धेरै कम सुख सुबिधा दिएको तर्क उनले गरेका थिए ।

त्यसैगरी यो पुलको साथसाथै करिब १ कि.मी.पश्चिम रहेको झिझा नदीमा पनि पुलको निर्माण नभए यस पुलको औचित्य नहुने भन्दै त्यसको लागि प्रदेश सरकारलाइ महोत्तरी क्षेत्र न. २ को संघीय सांसद तथा पुर्व रक्षा मन्त्रि शरत सिंह भण्डारीले ध्यानाकर्षण गराएका छन् ।

उनले पुल निर्माणको काम गुणस्तरीय भए नभएको रेखदेख जनताले नै गर्नुपर्ने बताएका छन् ।

उनले भने 'यो संघियता जनताको देन हो, त्यसैले बिकास गर्नुपर्छ' । उनले चुनाबको बेलामा ‘अबके सरकार, मधेश सरकार ‘ नाराको सपना साकार भएको अवगत गराएका छन् ।  साथै उनले महोत्तरी जिल्लामा बिघी, रातु, जङ्गहा र मरहा गरि ४ ओटा नदि बिकासको लागि सबैभन्दा ठुलो चुनौती रहेको बताउदै प्रदेश २ को मध्यबिन्दु भएर पुर्व पश्चिम जोड्ने सडक बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । त्यसैगरि प्रदेश २ को  भौतिक पूर्वाधार तथा बिकास मन्त्रि जितेन्द्र प्रसाद सोनलले पुल भनेको २ किनारलाई जोड्ने पूर्वाधार भएको बताएका छन् ।

गुणस्तरीय पुल बनाउन पुल ठेकेदारलाइ आग्रह गर्दै झिझा नदीको पनि पुल निर्माण गर्ने प्रतिबद्धता जनाउदै 'खेत खेतमा पानी र हरियाली ल्याउछु' भन्दै कार्यक्रम समापन उनले गरेका थिए ।

त्यसैगरी मा.कौशल यादवको भनाइ र २ न. प्रदेशका मा.मन्त्रीहरुको सुविधामा भिन्नता देखिएको नाम नभन्ने शर्तमा एक स्थानीयले बताएका छन् । यादवको भनाइ अनुसार मन्त्रीहरुलाई केहि सुबिधा नभएको तर करोडौको गाडी, करोडौको ल्यापटप प्रयोग गर्ने मा.मन्त्रीहरु यहि प्रदेश न.२मा अवस्थित रहेको उनले बताएका छन् ।

उनले भने 'आज मात्र हैन ,बर्षौ देखि यहि जिल्लामा राजनीति गर्दै आइरहनुभएका भण्डारी,रक्षा मन्त्रि लगाएत पर्यटक मन्त्रिजस्ता ११ पल्ट मन्त्रि बनिसकेका छन् ,तर खै त् बिकास' !

चुनाव नज्दिक आएपछि गाउमा आएर अनेक थरिका लोभ प्रलोभन देखाएर जनतालाई भ्रमित गर्दै जितेर गएपछि फर्केर पनि नआएको र  आज पाइला टेक्दैमा कहिँ बिकास हुन्छ र ?

जो औरही न.पा.वडा न.२ को फुलवरिया गाउ भण्डारीको घर देखि २ कि.मी.को दुरीमा मात्र अवस्थित रहेको छ । तर पनि जनताले दुख भोग्दै आइरहेको गुनासो गरि दुखसो पोखेका छन् । त्यसप्रति त्यहाँका दलित समुदायहरुले आलोचना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

6 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

9 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले