सहिद क.रामवृक्ष यादवको स्मृति भत्काउदा महोत्तरी,खैरमाराका स्थानीयबासिन्दाहरु आक्रोषित

5 वर्ष पहिले प्रकाशित

(2077-08-23 B.S.)

2886 पटक देखिएको

 मंसिर २४

सहिद क.रामवृक्ष यादवको मानसम्मान र पहिचान संग जोडिएको एतिहासिक भुमि बर्दिबास -११ खैरमारामा क.रामवृक्ष यादवकै नाममा कुनै पूर्वाधार निर्माण गर्नुको सट्टा अर्का सम्मानित व्यक्तित्व निर्मल लामाको नाम जोडिएको पूर्वाधार निर्माण गर्ने सरकारी निर्णय अपरिपक्क रहेको जनाइएको छ  ।

यादवकाे तत्कालीन माओवादी जनयुद्ध तयारीकै क्रममा २०५१ भदौ २ गते धनुषाको बर्मझियामा हत्या भएको थियो। उनी पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। 

महान जनयुद्धको धरोहर क.रामवृक्ष यादवको नामसंग जोडिएको जनमुक्ति सेना नेपाल , क.रामवृक्ष यादवको  स्मृति बिग्रेडको कार्यालय रहेको उक्त पबित्र भूमिबाट शालिक र हसिया हथौडालाइ हटाएर क.निर्मल लामा बहुप्राविधिक शिक्षालय निर्माणले सिङ्गै जनयुद्धको अपमान हुने ,अनावश्यक मंभेद बढ्ने र सामाजिक सद्भाव बिग्रिने स्पष्ट देखिएको स्थानीयहरुले जनाएका छन  ।

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलको निर्देशनमा भत्काइएको स्मृतिको स्थानमा गत मंसिर १६ गते उनले क.निर्मल लामा बहु प्राविधिक शिक्षालयको नमुना भवनको शिलान्याश गरेका थिए  ।

त्यसैगरि सो घटनाप्रति सिङ्गो पार्टी नै आक्रोशित भएकोले हिजो महोत्तरीको खैरमारामा अनुशन्धानको लागि समिति गठन गरिएको छ  ।

त्यस्तै शालिक यथास्थानमा राख्नुपर्ने ,मन्त्रि पोखरेलले क्षमायाचना गर्नुपर्ने र शिक्षालयको  नाम परिवर्तन गरेर यादवको नाम हुनुपर्ने त्यहाका जनताहरुको माग रहेको छ  ।

नेकपा पार्टीको इन्चार्ज राजु खड्काको अध्यक्षतामा भएको उक्त छलफलमा प्रदेश २ का मा. सांसद भरत प्रसाद साह लगाएत  केन्द्रिय सदस्यहरु तथा प्रदेश कमिटि सदस्यहरुको सहभागिता रहेको थियो  । सो सम्बन्धि जानकारी अनेरास्ववियुका नेता सूर्यनारायण साहले दिनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले