गौशाला न.पा.मा लैङ्गिक हिंसा बिरुद्धको नगरस्तरीय र्‍याली कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-08-25 B.S.)

3324 पटक देखिएको

मंसिर २५ 

आज गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नगर स्तरीय र्‍याली कार्यक्रम सम्पन्न भएको छ  | गौशाला नगरपालिकाको उपप्रमुख आशा लामाको संयोजकत्व सम्पन्न भएको उक्त कार्यक्रममा गौशाला न.पा.को कर्मचारी ,गौशाला वडा न.५ को वडा अध्यक्ष ,प्रहरी प्रशासन ,समाजसेवी लगाएत त्रिभुवन मा.वि. का छात्रछात्राको सहभागिता रहेको थियो |

र्‍याली प्रदर्शन गौशाला नगरपालिकाको त्रिभुवन मा.वि.को कम्पाउण्डबाट गौशाला बजारलाई परिक्रमा गर्दै पुन: त्रिभुवन मा.वि. को प्रांगणमा कोण सभामा परिणत भएको थियो |

महिला हिंसा रोकौ ,बाल विवाह अन्त्य गरौ ,दहेज प्रथा अन्त्य गरौ ,महिला हिंसा अन्त्य गरौ ,महिला हिंसामुक्त समाज आजको आवश्यकता लगाएतका नारा र्‍यालीमा गाइएको थियो |

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता उक्त र्‍याली गर्नुको मुख्य उद्देश्य रहेको थियो |

त्यसैगरी कार्यक्रममा स्थानीय समाज सेवी ,विद्यालयका प्रधानाध्यापक ,संचारकर्मी लगाएतले आफ्ना मन्तव्य तथा विचार व्यक्त गरेका थिए |

त्यस्तै गौशाला न.पा.को उप प्रमुख आशा लामाले भन्नु भयो “हिंसा हामीले सहेर बस्नु हुदैन ,यसको जरैदेखि उन्मुलनको लागि आवाज उठाउनु पर्छ |

समाजमा रुढिवादी परम्परा जस्तै बाल विवाह ,छुवाछुत ,दहेज प्रथाको अन्त्य गर्नको लागि  शिक्षित रुपले समाजको बिकास हुनु पर्छ भन्दै उहाले आफ्नो बाल बच्चालाई पढाइबाट बन्चित नगर्न  स्थानीय हरुलाई आग्रह गर्नुभएको छ |

असल गन्तव्यमा पुग्नको लागि शिक्षाको पहुच हुनु जरुरी रहेको बताउदै उहाले चेतनशील व्यक्तिले अज्ञानीलाई चेतना प्रदान गर्नु नै यसको रुपान्तरण हुने कुरामा जोड दिनु भएको थियो |

उहाले यस्ता जनचेतना मुलक कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नुभएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..