गौशाला न.पा.मा लैङ्गिक हिंसा बिरुद्धको नगरस्तरीय र्‍याली कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2077-08-25 B.S.)

3276 पटक देखिएको

मंसिर २५ 

आज गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नगर स्तरीय र्‍याली कार्यक्रम सम्पन्न भएको छ  | गौशाला नगरपालिकाको उपप्रमुख आशा लामाको संयोजकत्व सम्पन्न भएको उक्त कार्यक्रममा गौशाला न.पा.को कर्मचारी ,गौशाला वडा न.५ को वडा अध्यक्ष ,प्रहरी प्रशासन ,समाजसेवी लगाएत त्रिभुवन मा.वि. का छात्रछात्राको सहभागिता रहेको थियो |

र्‍याली प्रदर्शन गौशाला नगरपालिकाको त्रिभुवन मा.वि.को कम्पाउण्डबाट गौशाला बजारलाई परिक्रमा गर्दै पुन: त्रिभुवन मा.वि. को प्रांगणमा कोण सभामा परिणत भएको थियो |

महिला हिंसा रोकौ ,बाल विवाह अन्त्य गरौ ,दहेज प्रथा अन्त्य गरौ ,महिला हिंसा अन्त्य गरौ ,महिला हिंसामुक्त समाज आजको आवश्यकता लगाएतका नारा र्‍यालीमा गाइएको थियो |

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता उक्त र्‍याली गर्नुको मुख्य उद्देश्य रहेको थियो |

त्यसैगरी कार्यक्रममा स्थानीय समाज सेवी ,विद्यालयका प्रधानाध्यापक ,संचारकर्मी लगाएतले आफ्ना मन्तव्य तथा विचार व्यक्त गरेका थिए |

त्यस्तै गौशाला न.पा.को उप प्रमुख आशा लामाले भन्नु भयो “हिंसा हामीले सहेर बस्नु हुदैन ,यसको जरैदेखि उन्मुलनको लागि आवाज उठाउनु पर्छ |

समाजमा रुढिवादी परम्परा जस्तै बाल विवाह ,छुवाछुत ,दहेज प्रथाको अन्त्य गर्नको लागि  शिक्षित रुपले समाजको बिकास हुनु पर्छ भन्दै उहाले आफ्नो बाल बच्चालाई पढाइबाट बन्चित नगर्न  स्थानीय हरुलाई आग्रह गर्नुभएको छ |

 

असल गन्तव्यमा पुग्नको लागि शिक्षाको पहुच हुनु जरुरी रहेको बताउदै उहाले चेतनशील व्यक्तिले अज्ञानीलाई चेतना प्रदान गर्नु नै यसको रुपान्तरण हुने कुरामा जोड दिनु भएको थियो |

उहाले यस्ता जनचेतना मुलक कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नुभएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले