गौशाला नगरपालिकाको नेपाल शिक्षक महासंघका अध्यक्ष राजनीतिक आन्दोलनमा र शिक्षकहरु टिकटकमा व्यस्त

5 वर्ष पहिले प्रकाशित

(2077-08-29 B.S.)

5774 पटक देखिएको

मंसिर ३० 

नेपाली कांग्रेसको बिरोध प्रदर्शनमा शिक्षक मात्र हैन नेपाल शिक्षक महासंघका अध्यक्ष नकुल उप्रेती स्वयम्  सडकमा उत्रेर राजनीतिक झलकमा रमाएको देखिएका छन् ।
जो शिक्षकहरु विद्यालयमा रमाउनुपर्ने र विद्यार्थीको पढाइ लेखाईप्रति जिम्मेवार हुनुपर्ने उनीहरु राजनीतिकमा व्यस्त भएको पाइएको छ । 

शिक्षकहरुले जुन सरकारको तलब भत्ता पाइरहेका छन्, त्यहि सरकारको बिरोधमा हिजो उत्रिएको नेपाली  कांग्रेसको बिरोध प्रदर्सन रयालीमा देखा परेका छन् ।स्थानीय सरकारले यस्ता शिक्षकहरुले  पटक पटक गल्ति गरेर पनि उनीहरुलाई कारवाही गर्नुको सट्टामा तलब र भत्ता दिएर प्रोत्साहन गरेको जस्तो देखिएको छ । 

सामुदायिक विद्यालयहरुको अवस्था दयनीय हुनुको कारण शिक्षकहरु राजनीतिक र टिकटकमा व्यस्त हुनु हो ।

 

शिक्षक पद नै मर्यादित पद हो, जो पदमा बसेर भोजपुरी छाडा गितमा टिकटक बनाएर आफ्नो शिक्षाको परिचय आफै दिईरहनुभएका छन्  ।

नेपाली काँग्रेसले नेकपाको सरकार विरुद्ध गरेको देशव्यापी प्रदर्शनमा बच्चाहरुको साथै शिक्षकहरुको पनि प्रयोग भएको पाइएको छ । कोरोनाको समयमा स्वास्थ्य समबन्धी मापदण्डको धज्जी उडाउँदै काँग्रेसले महोत्तरीमा उतारेको हजारौँ कार्यकर्ताको भिडमा जिल्लामा कार्यरत शिक्षक र सरकारी गाडीसहित बालकहरुलाई समेत झण्डा बोकाएर प्रदर्शनमा उतारेको पाइएको छ ।

अबोध, अपरिपक्व तथा पढ्ने लेख्ने उमेर समुहका बालकलाई आन्दोलनमा सहभागी गराइएकोमा स्थानीयहरुले आपत्ति समेत जनाएका छन्। यस्तै जनताको सेवाकालागि नियुक्त गरिएको राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो मर्यादा लाई धज्जिया उडाउदै, बिद्यालयलाइ बन्द गरि पार्टीको झन्डा बोकी सरकार बिरुद्धको नाराबाजी गरेका थिए।

नाम नभन्ने शर्तमा एक शिक्षकले भने  "लाज लाग्यो शिक्षकको यस्तो चर्तिकला हेरेर जो पटक पटक रक्सि ,घुसखोरी ,र भ्रष्टाचारी गरिरहेको शिक्षक यस्तो मर्यादित पद मा कसरि आउनु भएका छन् ।  जसको तलब खाने, जस्को भता खाने र त्यसैको बिरोधमा बिद्यालयलाइ बन्द गरी जुलुसमा जानू कतिको जायज कुरा हो "। त्यसैगरी यसबारे महोत्तरीका एक शिक्षकलाइ  सोधपुछ गर्दा उनले भने कि मलाइ जे मन लाग्छ त्यो गर्छु, तपाई को हो ? मलाइ सोध्ने बाला।' म कांग्रेसको सुभेच्छुक पार्टी नेपाल शिक्षक संघको कार्यकर्ता हु त्यसैले झन्डा बोकेको हु। '

यसै बीच हामीले नेपाल शिक्षक महासंघ गौशाला नगरपालिका का अध्यक्ष नकुल उप्रेतीलाइ सोधपुछ गर्दा उनले भने "शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष नै आन्दोलनमा छ भने म किन नजानु ,हामीहरुको पनि  ठुलो पिर र मर्का छ,  जसले गर्दा नै विद्यार्थीको पढाइमा त्रुटी भएको छ ' । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

13 घन्टा पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

8 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

10 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

10 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

11 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

10 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

10 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

11 दिन पहिले

जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..

जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

11 दिन पहिले

अविरल वर्षाका कारण देशभर ४६ जनाको मृत्यु, ६ जना बेपत्ता

महोत्तरी, असोज २० गते । असोज १७ गतेदेखि असोज १९ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा ४६ जनाक..

12 दिन पहिले

अविरल वर्षाले मधेशमा तीनजनाको मृत्यु , चार सयभन्दा बढी घ..

महोत्तरी, असोज १९ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा शनिबार विहानैदेखि लगातार पानी परेका कारण तीनजनाको मृत्..

13 दिन पहिले