क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता हुदै

5 वर्ष पहिले प्रकाशित

(2077-09-04 B.S.)

2275 पटक देखिएको

पुष ५ 

 काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (कप)क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता भइरहेको छ।

बाराको कलैयामा रहेको सिद्धेश्वर उमावि र धनुषाको १२ बिघा मैदानमा मंसिर २५ गतेबाट छनोट खेल चलिरहेको छ। पुस ६ गते छनोट खेल सकिने भए पनि आइतवार बिहानसम्म सेमिफाइनल र फाइनल खेलको मिति भने तय गरिएको छैन।

सेमिफाइनलमा पर्सासहित चार जिल्लाको टोली भिड्दैछन्। समूह ए बाट धनुषा र सप्तरी पहिलो सेमिफाइनलको लागि छनोटमा परेका छन् भने समूह बी बाट बारा र पर्सा सेमिफाइनलमा प्रवेश गरेको क्यान नेपालका स्कोरर मेहबुब रेजा राइनले बताए। उनका अनुसार प्रधानमन्त्री कप आगामी पुस २१ गतेदेखि हुँदैछ। यसअघि पुस १३ गतेदेखि यो प्रतियोगिता हुने समय तालिका तोकिएको थियो।

प्रधानमन्त्री कपको अन्तिम मिति तय भइसकेपछि प्रदेशस्तरीय सेमिफाइनल र फाइनल खेलको मिति एक दुई दिन ढिलो हुने गरी तय गरिने प्रदेश २ स्तरीय छनोट प्रतियोगिताका मिडिया संयोजकसमेत रहेका राइनले बताए। प्रदेश २ को आठ जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी समूह एमा परेका थिए भने सर्लाही, रौतहट, बारा, पर्सा समूह बीमा परेका थिए।

मंसिर २५ गतेदेखि पुस ३ गतेसम्म भएको लिग म्याचमा एउटा जिल्लाले तीन/तीनवटा म्याच खेलेर जित निकाल्दै सेमिफाइनलको लागि ठाउँ पक्का गरेका छन्। प्रतियोगिता समापनपछि आठ जिल्लाका उत्कृष्ट खेलाडीहरूमध्ये १४ सदस्यीय प्रादेशिक क्रिकेट टोली चयन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले