वंशज नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र

5 वर्ष पहिले प्रकाशित

(2077-09-16 B.S.)

6416 पटक देखिएको

पुष १७ गते 

पिछडावर्ग ओवीसी महासभाले वंशज नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्तमाग एक साताभित्र सम्बोधन नभए सरकारविरूद्ध चरणबद्ध रूपमा शसक्त आन्दोलन गर्ने ओबिसीले चेतावनी दिएको छ ।

ज्ञापनपत्र लिँदै गृहमन्त्री थापाले पिछडावर्गले उठाएको माग सकरात्म भएको बताएका छन् । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशज नागरिकता प्रदान गर्न सर्वोच्च अदालतले रोक लगाएको र अहिले संसद पनि विघटन रहेको अवस्था भएपनि राष्ट्रियसभा वा मन्त्रीपरिषदको निर्णयबाट मागहरु पुरा गर्ने गृहमन्त्री थापाले वचन दिएको ओबिसीका राष्ट्रिय अध्यक्ष महतोले जानकारी दिए ।

गृहमन्त्री थापालाई बुझाइएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को भाग २ को धारा ११ को दफा ९३० मा उल्लेख भएअनुसार संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था भएपनि विभिन्न बहानमा लाखौं नेपाली नागरिकलाई नागरिकता बिहिन बनाई नेपालको संविधान विपरित कार्य ठहर गरेको छ ।

नागरिकता प्राप्त नगरेका लाखौं नेपाली नागरिकको उमेर पुगेपनि शिक्षा, व्यापार व्यवसाय, स्वदेशमा स्वरोजगार गर्न नसक्ने नागरिक रोजगारीका लागि विदेश जान, शैक्षिक, आर्थिक, समाजिक, साँस्कृति, राजनैतिकहक अधिकारबाट बञ्चित रहेको छ । यसरी लाखौं युवायुवतीको भविष्यसँग खेलवाड भइरहेकोप्रति गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

नागरिकता बिहिन नागरिकहरु वेरोजगारी भएकै कारण आज युवाहरु लागूऔषध ओसार–पोसार तथा सेवन, निषेधित बस्तुहरुको बिक्री वितरण, मदिरा सेवनलगायत विकृति विसंगतितर्फ लागेकोले यसको दोष समेत राज्यलाई नै लिनुपर्ने छ ।

जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकसँग सरकारले कर लिने र चुनावमा मत लिन कुनै शंका नगर्ने र कर तथा मतदाता नागरिकको सन्तानलाई नागरिकता दिन विभिन्न शंका गर्नु संविधानको भाग ३ को दफा १६ मा उल्लेखित प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक समेत खोसिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

पिछडावर्ग ओबिसी महासभाले मंसिर २८ गते देशको ११ वटा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई जन्मसिद्ध नागरिकको सन्तानलाई वंशज नागरिकता प्रदान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले