आज प्रदेश २ को विभिन्न ठाउमा दुर्घटना

6 वर्ष पहिले प्रकाशित

(2077-10-12 B.S.)

2699 पटक देखिएको

माघ १२ ,औरही 

महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको गौशाला इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र बलवा नगरपालिका ९ अधियानपुरका २० वर्षिय प्रमोद रामको मृत्यु भएको जनाइएको छ।

ठक्कर दिने टिपर र चालकलाई  नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि धनुषामाको विदेह न.पा.मा  आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा विदेह नगरपालिका–३ गोबराही बस्ने ३० वर्षय विनोद कुमार महरा रहेका छन्  । सोमबार विहान साढे ११ बजे माटोलिन विदेहनगरपालिकाको ठाढीबाट दुहबी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।ट्याक्टर पल्टिदा स्टेरिंगले च्यापिएर चालक महराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना भएको ट्याक्टरको नम्बर नखुलेको र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

त्यस्तै बारामा पनि  गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको तर परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बारा  प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।

र सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगत ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ  ।ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले