आज प्रदेश २ को विभिन्न ठाउमा दुर्घटना

5 वर्ष पहिले प्रकाशित

(2077-10-12 B.S.)

2639 पटक देखिएको

माघ १२ ,औरही 

महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको गौशाला इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र बलवा नगरपालिका ९ अधियानपुरका २० वर्षिय प्रमोद रामको मृत्यु भएको जनाइएको छ।

ठक्कर दिने टिपर र चालकलाई  नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि धनुषामाको विदेह न.पा.मा  आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा विदेह नगरपालिका–३ गोबराही बस्ने ३० वर्षय विनोद कुमार महरा रहेका छन्  । सोमबार विहान साढे ११ बजे माटोलिन विदेहनगरपालिकाको ठाढीबाट दुहबी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।ट्याक्टर पल्टिदा स्टेरिंगले च्यापिएर चालक महराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना भएको ट्याक्टरको नम्बर नखुलेको र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

त्यस्तै बारामा पनि  गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको तर परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बारा  प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।

र सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगत ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ  ।ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

20 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले