महोत्तरीमा सिँचाई सुविधाका लागि बोरिङ जडानको काम शुरु
चैत्र २३
महोत्तरीको मटिहानी नगरपालिकामा सिँचाई सुविधाका लागि बोरिङ जडानको काम शुरु भएपछि किसानहरु खुशी भएका छन् । जिल्लास्थित भूमि,जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको छ ।
वडा नम्वर ६ मा एक साथ १० वटा बोरिङ जडानको काम शुरु भएपछि उनीहरु खुशी भएका हुन् । खेती गर्ने जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ किसान शङ्कर साहले हँसिलो मुद्रामा भने,अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ । यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
यस्तै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आश पलाएको बताए । भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसान उनको गुनासो छ ।
मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतमा पानी पुर्याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।
अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
19 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
20 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
20 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
22 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments