पत्रकारहरूलाई डर र असुरक्षाको वातावरणमा धकेल्ने खालको स्वेच्छाचारी कदम चाल्नु हुँदैन :एमनेष्टी इन्टरनेशनल

5 वर्ष पहिले प्रकाशित

(2078-02-12 B.S.)

1956 पटक देखिएको

जेठ १२ 

एमनेष्टी इन्टरनेशनलले पत्रकारलाई धम्क्याउने कार्य तत्काल रोक्न ध्यानाकर्षण गराएको छ ।

समाचार लेखेकै आधारमा पत्रकारद्वय राजन कुर्ईकेल र नारायण अमृतलाई माफी माग्न दबाब दिइएकोमा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

पत्रकारद्वय कुइँकेल र अमृतलाई सर्वोच्च अदालत प्रशासनले बोलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भएको भनिएको बैठकका बारेमा प्रकाशित समाचारको श्रोत खुलाउन र माफी माग्न दबाब दिएको समाचारप्रति प्रतिकृया जनाउँदै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भनुभएको छ, ‘अधिकारीहरूले संवैधानिक रूपमा प्रत्याभूत प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्दछ र फगत समाचार प्रकाशन गरेकै निहुँमा उनीहरूलाई धम्क्याउने र प्रताडित गर्ने कार्यबाट आफूलाई टाढा राख्नुपर्दछ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘यदि समाचारको विषयमा आफ्ना असहमतिहरू रहेमा सोसम्बन्धमा अधिकारीहरूले उचित प्रकृयालाई अवलम्वन गर्नुपर्दछ र पत्रकारहरूलाई डर र असुरक्षाको वातावरणमा धकेल्ने खालको स्वेच्छाचारी कदम चाल्नु हुँदैन ।’

एम्नेष्टीले भनेको छ, ‘पत्रकारले स्वतन्त्रपूवर्क र समाचार लेखेकै कारण प्रतिशोधमा नपर्ने भयरहित तवरमा आफ्नो काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न हामी अधिकारीहरूलाई आग्रह गर्दछौँ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण, प्रवर्धन र परिपूर्तिका लागि स्वतन्त्र प्रेस पूर्वशर्त हो ।’

यअघि, २०७८ जेठ ११ गते इमेजखबर डट कमका सम्पादक राजन कुइँकेल र नेपालसमय डट कमका सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतको प्रशासनले स्पष्टीकरणको लागि अदालतमा बोलाएको थियो । सम्पादकद्वयलाई बोलाउनुअघि सर्वोच्च अदालत प्रशासनले प्रेस विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गर्दै सो “भ्रामक“ समाचारलाई नसच्याएमा “कानुनी दायरामा“ ल्याउने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले