सर्लाहीमा हात्तिको आतंक ,स्थानीय त्रसित
जेष्ठ १६
सर्लाहीमा जंगली हात्तीले फेरि आतंक मच्चाएको छ।
आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१०पोखरीटोलमा चार वटा घर भत्काएको छ ।
स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको छ। घरभित्र राखिएको धान र गहुँ लगायत अन्न खाइदिएको छ। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।
तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फूटबल मैदानको पोल समेत उखेलिदिएको छ।
गाउँमा जंगली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष तोपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गएको ३ गते मात्र १० नम्वर वडामाहात्तीले ६ वटा घरमा क्षती पुर्याएका थिए। एकसाता अघि हरिवन १ चापिनीमा पनि एक घरमा क्षति पुर्याएको थियो।
अहिले हात्तीको समुह हरिवन नगरपालिकाको चुरे क्षेत्र र लालबन्दी नगरपालिकाको बागवानी र वन क्षेत्रमा देखापर्ने गरेको स्थानीयवासीले बताएका छन्। वडाध्यक्ष श्रेष्ठले क्षतिपूर्ति र हात्ती नियन्त्रणका लागि पटक पटक पहल हुँदा समेत सम्बन्धित निकायको ध्यान नगएको आरोप लगाए।
हात्तीको आक्रमणबाट तीन वर्ष पहिले यसै वडाका एक स्थानीयले ज्यान गुमाएका थिए।
मानिसहरूले हात्तीलाई जिस्क्याएर आतंकित बनाइरहेकाले बेला-बेलामा मानव बस्तीमा पसेर क्षति गरेको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव देवले तर्क गरे। उनले हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए।
सर्लाहीमा महिनौंदेखि हात्ती आतंक नरोकिँदा सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाको वन क्षेत्र छेउछाउ घर भएका स्थानीयवासी त्रासमा रहने गरेका छन्।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
19 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
22 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments