कोभिड-१९ महामारीको अवस्था भारतमाभन्दा नेपालमा डरलाग्दो
जेष्ठ १७
कोभिड-१९ महामारीको अवस्था भारतभन्दा नेपालमा 'डरलाग्दो' रहेको तथ्यांकले देखाएको छ। चिकित्सकहरूले पनि अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन्।
भारत तथा नेपालको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमण दर नेपालमा उच्च देखिएको छ। अहिलेसम्म नेपालमा प्रति १० लाखमा २५५ जनामा संक्रमण देखिएको छ। जबकी भारतमा प्रति १० लाखमा १४९ जनामा मात्रै संक्रमण देखिएको छ।
सोमबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या पाँच लाख ५७ हजार १२४ पुगेको छ। भारतमा दुई करोड ८० लाख ४७ हजार ५३४ जनामा संक्रमण देखिएको छ।
कोरोनाबाट मृत्यु हुने दर पनि भारतको भन्दा नेपालमा उच्च रहेको छ। नेपालमा प्रति १० लाखमा ५ जनाको मृत्यु भएको छ। जबकी भारतमा प्रति १० लाखमा २.८ जनाको मृत्यु भएको छ।
अहिलेसम्म नेपालमा कोरोनाबाट सात हजार २७२ जनाले ज्यान गुमाएका छन्। भारतमा तीन लाख २९ हजार १२७ जनाको ज्यान गएको छ।
अहिलेसम्म देखिएका संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत पनि भारतको भन्दा नेपालमा बढी छ। संक्रमित भएकामध्ये नेपालमा १.३ जनाको ज्यान जाने गरेको छ। भारतमा भने १.२ जनाको ज्यान गएको छ।
कोभिड–१९ संक्रमण दर पनि भारतको भन्दा नेपालमा उच्च देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणदर ३७.७ प्रतिशत रहेको छ। जबकी भारतमा १०.४ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका डा. विराज कर्माचार्य संक्रमणदर ५ प्रतिशतभन्दा कम हुनुपर्ने बताउँछन्। संक्रमणदर ५ प्रतिशतभन्दा बढी हुँदा दैनिक पुष्टि हुने संक्रमितको संख्याभन्दा वास्तविक संक्रमित बढी हुने बताउँछन्।
संक्रमित निको हुनेदर पनि नेपालमा भारतको भन्दा कम रहेको छ। भारतमा अहिलेसम्म ९०.३ प्रतिशत संक्रमित निको भएका छन्। नेपालमा भने ७८.१ प्रतिशत संक्रमित मात्रै निको भएका छन्।
अहिलेसम्म भारतमा दुई करोड ५६ लाख ९२ हजार ३४२ संक्रमित निको भएका छन्। नेपालमा चार लाख ४० हजार ९५५ जना निको भएका छन्।
सक्रिय संक्रमितको प्रतिशत पनि नेपालमै उच्च रहेको छ। भारतमा ८.५ प्रतिशत सक्रिय संक्रमित छन भने नेपालमा २०.७ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।
दक्षिण एसियाका अन्य देशको तुलनामा पनि नेपालको अवस्था राम्रो देखिएको छैन। धेरै देशको तुलनामा नेपालमा संक्रमण र मृत्युदर उच्च रहेको छ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
19 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
22 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments