निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तको मज्जाक उडायो : मन्त्री योगेन्द्र यादव

5 वर्ष पहिले प्रकाशित

(2078-02-31 B.S.)

4028 पटक देखिएको

जेठ ३१ गते, रौतहट

ओम प्रकाश यादव 

उपेन्द्र यादव पक्षका जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यवाही नगरेको प्रति आपत्ति जनाएका छन । उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारीक पार्टीको मान्याता नदिएर निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तलाई मज्जाक उडाएको कृषि राज्य मन्त्री यादवले बताएका हुन । सामाजिक सञ्जाल फेसबुकमा सटाटस लेख्दै मन्त्री यादवले यस्तो बताएका हुन । जनता समाजवादी पार्टी (जसपा) मा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले हिजो निर्णय सुनाएपछि उपेन्द्र यादव पक्ष रुष्ट बनेको छ ।

जसपाका दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई कार्यवाही गर्दै पार्टीको आधिकारीक मान्याता दिन माग गरेको थियो । तर जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।

कृषि राज्य मन्त्री यादवले पार्टीको केन्द्रीय र कार्यकारीणी समितिमा उपेन्द्र यादवको पक्षमा पुर्ण बहुमत हुँदाहुँदै आयोगले साविककै पदाधिकारीहरुलाई कायम राख्ने निर्णय गरेर लोकतान्त्रिक विधि र प्रकृयाको खिल्ली उडाएको आरोप लगाएका छन ।

आफूहरुले जसपाका अध्यक्ष ठाकुर सहित चारजनालाई पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐनको आधारमा कानुनसम्मत कारवाही गरेको बताउँदै उनले आइतवार अचानक आयोगबाट यस्तो निर्णय आएकोमा आफूहरु दुःखी भएको बताए । उनले भने, ‘यो निर्णय हेर्दा निर्वाचन आयोगले कसैको दबावमा यस्तो निर्णय गरेको प्रष्ट हुन्छ ।’

केन्द्रीय र कार्यकारीणी समितिमा यादवको बहुमत छ त्यसैले आयोगले बहुमतको आधारमा पार्टीको आधिकारीक मान्याता उपेन्द्र यादव नेतृत्वको जसपालाई नै दिनुपथ्र्यो तर साविककै पदाधिकारीलाई कायम राख्ने निर्णय गरेर बहुमतको सिद्धान्तलाई खिल्ली उडाएको मन्त्री यादवको टिप्पणी छ । आयोगको यो निर्णयलाई पार्टीले गम्भिर रुपमा लिएको बताउँदै मन्त्री यादवले पार्टीमा यसबारे छलफल गरेर चाडै निर्णय लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले