सम्सी गाउँपालिका अध्यक्ष पुन आफ्नो पदमा पुनरबहाली हुनुको यस्तो छ कारण
असार १९ ,सम्सी
महोत्तरीको सम्सी गाउपालिकाका अध्यक्ष शेष फारुक आफ्नो पदमा पुन स्थापित भएका छन् ।
सम्सी गाउपालिका छिमेकी मुलुक भारतको सिमानामा अवस्थित रहेको गाउपालिका हो । जुन गाउपालिकामा सबै जातजातिको बसोबास लगायत मुस्लिम धर्मालम्बीको बाहुल्याता रहेको छ ।
स्थानीय तहको चुनावमा गाउपालिका अध्यक्षमा शेष फारुक निर्वाचित भएका थिए । त्यहाका जनसमुदाय लगायत अन्य बिकासका क्रममा धेरै कठिनाइहरु झेल्दै त्यहाँका जनताहरुको मर्म र दुख उनले बुझेका छन् ।
सोझो र लोकप्रिय अध्यक्ष शेष फारुक जनताको लागि मात्र काम गर्दै आएको कारणले केहि व्यक्तिहरुको मन दुखेका थियो । जसले गर्दा पार्टीमा कारवाही , पालिका स्तरीय विवादहरु उत्पन्न गर्दै आइरहेका छन् । त्यस्ता अवस्थाहरुको संघर्ष गर्दै आइरहे पनि जनताको केहि बिकासमा कमि र कमजोरी पुगेका हुनाले निर्वाचनको अन्तिम बर्षमा आइपुगेको जनताको सम्पूर्ण मर्म र दुख बुझेर हरेक क्षेत्रमा बिकास गरेर सुन्दर बिकास मुखी गाउपालिका निर्माण गर्ने प्रतिबद्धता जनाउदै गाउपालिका अध्यक्षले भने "मेरो साथमा जनता छ । जनता अल्लाह हुन् भगवान हुन् र जसलाई कसैले साथ दिदैन उसलाई अल्लाहले साथ दिन्छ । तसर्थ जनताको कारणले नै आज मेरो पद पुन फर्किएको हो म सम्पूर्ण जनताप्रति आभारी छु । त्यसकारण जनता नै मेरो अल्लाह हो , भगवान हो र म भगवानको हमेशा सेवा गर्नेछु ।"
उनि नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए ।
शुक्रवार उनलाई निर्वाचन आयोगले गाउपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले शुक्रबार फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख/अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गाउँपालिका अध्यक्ष फारुकसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो।
सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएका सूचना निकालेको थियो। उनि पुन अध्यक्ष पदमा पुनर्बहाली भएपछी सम्सी गाउपालिकाका स्थानीय वासी निकै हर्षित भएका छन् ।
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
3 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
5 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
24 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्य..
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..
कमेन्ट गर्नुहोस्
view comments