नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक नगर सम्मेलन
ममता शर्मा ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक नगर सम्मेलन उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ ।
नगर सम्मेलन आयोजक समितिको ज्येष्ठ सदस्य विरबहादुर गोलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल ,प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,पार्टीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का ,गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,प्रदेश समिति सदस्य विष्णु लामा ,केन्द्रिय सदस्य प्रकाश पोखरेल लगायत विभिन्न प्रतिनिधि ,समुदायवासीको सहभागिता रहेको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ट नेता सुर्य नारायण साहले नेकपा माओवादी केन्द्र विभिन्न पार्टीहरु मध्य नम्बर एकमा रहेको पार्टी हो भनेर दावी गरेका छन् । उनले यस पार्टीले समाज का नागरिकहरुको हक अधिकारको लागि यो पार्टी सधै लड्दै आइरहेको बताएका छन् ।
त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले आजको कार्यक्रममा उपस्थित रहेका जनताहरु प्रति आभार व्यक्त गर्दै यस पार्टीको कार्यकर्ता दशौ हजार भन्दा पनि बढी जुट्न सक्ने बताएका छन् । उनले गौशाला नगरपालिकाले महोत्तरीमा रहेका कुनै पनि स्थानीय तह भन्दा कम काम नगरेको दावी गरेका उनले पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गर्न जरुरि रहेको दावी गरेका छन् ।

कार्यक्रममा प्रदेश समिति सदस्य विष्णु लामाले आफ्ना मन्तव्य राख्दै गुट ,विभेद ,आफन्तबाद ,सामन्तबाद जस्ता कुरा पार्टीबाट हट्नुपर्ने बताएका छन् । यस सम्मेलनले यस्ता किसिमका गतिविधिलाई हटाउन वा अन्त्य गर्न जोड पुग्ने दावी गरेका छन् ।
त्यस्तै केन्द्रिय सदस्य प्रकाश पोखरेलले आफ्ना मन्तव्य दिदै भने ,विभाजन र बिखन्डनको शिकार यो पार्टी बनेको छ । नगर सम्मेलन पार्टीका बारेमा ,एकताबद्ध हुन्छ ,विभाजित हुदैन भन्ने प्रश्नको उत्तर विश्वासको साथमा जनताले पाए यो अभियान सफल हुन्छ ।
प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले तिन तहको सरकारमा जनताको पक्षमा सक्रिय रुपमा अगाडी बढ्नु जरुरि देखिन्छ। जनताको समस्या बुझी समर्थनको साथ त्यसलाई समाधान गर्नेतिर लाग्नु जरुरि रहेको उनको भनाइ रहेको छ । यो समाजलाइ जुधारु नेताको आवश्यकता रहेको उनले बताएका छन् ।

त्यसैगरि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलले गौशाला नगरपालिकाले ऐतिहासिक रुपमै विकासका कार्यहरु गरेको बताएका छन् ।
उनले नेकपामा एकता भएपनि एकीकरण नभएको बताए देशको जनताको समस्या समाधान गर्न ,उत्पीडन अन्त्य गर्न ,पूजीेको उचित संरक्षण गर्न ,राष्ट्रिय स्वाधिनता जोगाउन नेकपा माओवादी पार्टीको अहम भूमिका रहेको उनले दावी गरेका छन् ।
त्यस्तै पार्टीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले संबिधानले निर्धारण गरेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन् ।
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
3 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
5 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
24 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्य..
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..
कमेन्ट गर्नुहोस्
view comments