नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच भएको सम्झौता लागु गर्न सद्भावनाको माँग
पुस ३०
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले २०६४ फाल्गुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच सम्पन्न सम्झौता कार्यान्वन गर्न माँग गर्नु भएको छ । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष महतोले राज्यको पुनः संरचना गरी एक केन्द्र शासित सहित पाँच प्रदेश लगायत २०६४ फाल्गुन १६ गते सरकार र तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच भएको सम्झौता कार्यान्वयन गर्न माँग गर्नु भएको हो ।
उनले काठमाडौं उपत्यका र त्यसको नजिकै रहेको क्षेत्र केन्द्र शासित प्रवेश संघीय प्रणालीमा विदेश, रक्षा र मौद्धिक निति सहित विगतमा भएको सम्झौता अनुसार नै प्रदेश सरकारमा स्वाशासन, स्वाधीनता, स्वायततापूर्ण स्वतंत्र सरकारको सुनिश्चिा सहित (क) पूर्वी पहाड प्रदेश, (ख) पश्चिम पहाडी प्रदेश, (ग) पूर्व मधेश प्रदेश र (घ) मा पश्चिम मधेश प्रदेश कायम गर्नु रहेको बताए ।
अध्यक्ष महतोले भने, जनंसख्याको अनुपातमा वडा, पालिका, जिल्ला, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्र निर्धारण गर्नपर्छ र आर्थिक सम्पन्नताको लागि नेपाली जनाताको सम्मान विकासको बजेट सुनिश्चित गर्नुपर्छ । पत्रकार सम्मेलनमा उनले, विदेशी महिलालाई नेपाली पुरुष संग विवाह पश्चात विनाभेदभाव सहज रुपमा नागरिकता उपलब्ध गराउँनुपर्ने, हिन्दु भाषा राष्ट्रिय सम्पर्क भाषाको रुपमा सविधानमा स्थापित गराउँनु पर्ने सरकार संग माँग समेत गरेका छन । माँग पुरा नभए आन्दोलनमा जाने चेतावनी समेत पत्रकार सम्मेलनमा उनले दिए ।
उनले भने, नेपाल सद्भावना पार्टीको लडाई नै जनआन्दोलन हो, यो आन्दोलन कुनै जाति समुदाय, संस्कृति र पोशाकको विरुद्ध हुदैन । राजनितिक, आर्थिक, सामाजिक, भाषिक र बर्षो देखि राज्यद्धारा मधेशी माथि गरिएको विभेद, दमन, शोषण र असमान व्यवहारको विरुद्धमा हो यसमा सम्पूर्ण मधेशी समुदाय खुलेर लाग्नु पर्छ । उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका मधेशी दलले स्वंय मधेशको नाम नै बेचिसकेका कारण तत्कालिन मधेशी मोर्चाले आफनो माँग पुरा गराउँन सकेन आरोप लगाए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको सरकार मधेशी दलको सरकार नभएको आरोप लगाउँदै मधेशी दलको सरकार भएको भए मधेशमा किशानको समस्या, खाद्य, मल लगायत अन्य अधिकारको लागि समस्या उत्पन्न हुदैन त्यसैले मधेशी विरोधी सरकार रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. मिश्री मण्डल, महासचिव नागेन्द्र सिंह, पार्टीका प्रदेश २ का अध्यक्ष रामानन्द ठाकुर, नेपाल सद्भावना महिला मंचका राष्ट्रिय उपाध्यक्ष सुनिता अग्रवाल, केन्द्रिय सदस्य सत्यनारायण रौनियार, बारा जिल्ला अध्यक्ष रामदहिन यादव लगायतको सहभागिता रहेको थियो ।
पार्टीले शुक्रबार वीरगन्जमा राष्ट्रिय स्तर भेला समेत राखेको जानकारी गराईएको छ । भेलामा पर्सा, बारा, रौतहट र सर्लाहीका नेता तथा कार्यकर्ताहरुको भेला हुने छ । भेलामा पार्टीका सर्वमान्य नेता पूर्व उपप्रधान तथा गृहमन्त्री बद्री प्रसाद मण्डल लगायतको नेताहरुको सहभागिता रहने छ । भेला दुई दिसम्म चल्ने पार्टीका महासचिव नागेन्द्र सिंहले जानकारी समेत गराउँनु भयो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments