नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच भएको सम्झौता लागु गर्न सद्भावनाको माँग

4 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

3005 पटक देखिएको

पुस ३० 

नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले २०६४ फाल्गुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच सम्पन्न सम्झौता कार्यान्वन गर्न माँग गर्नु भएको छ । बिहिबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष महतोले राज्यको पुनः संरचना गरी एक केन्द्र शासित सहित पाँच प्रदेश लगायत २०६४ फाल्गुन १६ गते सरकार र तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच भएको सम्झौता कार्यान्वयन गर्न माँग गर्नु भएको हो ।

उनले काठमाडौं उपत्यका र त्यसको नजिकै रहेको क्षेत्र केन्द्र शासित प्रवेश संघीय प्रणालीमा विदेश, रक्षा र मौद्धिक निति सहित विगतमा भएको सम्झौता अनुसार नै प्रदेश सरकारमा स्वाशासन, स्वाधीनता, स्वायततापूर्ण स्वतंत्र सरकारको सुनिश्चिा सहित (क) पूर्वी पहाड प्रदेश, (ख) पश्चिम पहाडी प्रदेश, (ग) पूर्व मधेश प्रदेश र (घ) मा पश्चिम मधेश प्रदेश कायम गर्नु रहेको बताए ।

अध्यक्ष महतोले भने, जनंसख्याको अनुपातमा वडा, पालिका, जिल्ला, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्र निर्धारण गर्नपर्छ र आर्थिक सम्पन्नताको लागि नेपाली जनाताको सम्मान विकासको बजेट सुनिश्चित गर्नुपर्छ । पत्रकार सम्मेलनमा उनले, विदेशी महिलालाई नेपाली पुरुष संग विवाह पश्चात विनाभेदभाव सहज रुपमा नागरिकता उपलब्ध गराउँनुपर्ने, हिन्दु भाषा राष्ट्रिय सम्पर्क भाषाको रुपमा सविधानमा स्थापित गराउँनु पर्ने सरकार संग माँग समेत गरेका छन । माँग पुरा नभए आन्दोलनमा जाने चेतावनी समेत पत्रकार सम्मेलनमा उनले दिए ।

उनले भने, नेपाल सद्भावना पार्टीको लडाई नै जनआन्दोलन हो, यो आन्दोलन कुनै जाति समुदाय, संस्कृति र पोशाकको विरुद्ध हुदैन । राजनितिक, आर्थिक, सामाजिक, भाषिक र बर्षो देखि राज्यद्धारा मधेशी माथि गरिएको विभेद, दमन, शोषण र असमान व्यवहारको विरुद्धमा हो यसमा सम्पूर्ण मधेशी समुदाय खुलेर लाग्नु पर्छ । उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका मधेशी दलले स्वंय मधेशको नाम नै बेचिसकेका कारण तत्कालिन मधेशी मोर्चाले आफनो माँग पुरा गराउँन सकेन आरोप लगाए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको सरकार मधेशी दलको सरकार नभएको आरोप लगाउँदै मधेशी दलको सरकार भएको भए मधेशमा किशानको समस्या, खाद्य, मल लगायत अन्य अधिकारको लागि समस्या उत्पन्न हुदैन त्यसैले मधेशी विरोधी सरकार रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. मिश्री मण्डल, महासचिव नागेन्द्र सिंह, पार्टीका प्रदेश २ का अध्यक्ष रामानन्द ठाकुर, नेपाल सद्भावना महिला मंचका राष्ट्रिय उपाध्यक्ष सुनिता अग्रवाल, केन्द्रिय सदस्य सत्यनारायण रौनियार, बारा जिल्ला अध्यक्ष रामदहिन यादव लगायतको सहभागिता रहेको थियो ।

पार्टीले शुक्रबार वीरगन्जमा राष्ट्रिय स्तर भेला समेत राखेको जानकारी गराईएको छ । भेलामा पर्सा, बारा, रौतहट र सर्लाहीका नेता तथा कार्यकर्ताहरुको भेला हुने छ । भेलामा पार्टीका सर्वमान्य नेता पूर्व उपप्रधान तथा गृहमन्त्री बद्री प्रसाद मण्डल लगायतको नेताहरुको सहभागिता रहने छ । भेला दुई दिसम्म चल्ने पार्टीका महासचिव नागेन्द्र सिंहले जानकारी समेत गराउँनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले