गौशालामा योग शिविर सप्ताह संचालन
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिकामा योग शिविर संचालन हुने भएको छ । शनिवार गौशाला -४ रजखोर स्थित रहेको गौशाला नगरपालिकाको नयाँ भवनमा योग शिविर सप्ताहको उद्घाटन भएको छ । आइतबार देखि संचालन हुने सप्ताह योग शिविरको पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननीय गिरिराजमणि पोखरेलले पानसमा मैनबत्ति बालेर उद्घाटन गरेका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा गौशाला नगरपालिका योग शिविर मूल आयोजक समितिद्वारा आयोजना गरिएको यस शिविर विशिष्ट योग गुरुहरु द्वारा १ हप्तासम्म बिहान ७ बजेदेखि संचालन गरिने भएको हो ।
“सर्वाङगीण विकासको लागि योग” मूल नारा सहित आयोजना गरिएको यस योग शिविर सप्ताहको उद्घाटन समारोहमा नगर प्रमुख शिवनाथ महतो ,पुर्व मन्त्रि माननीय गिरिराजमणि पोखरेल ,नगरका प्रवक्ता भोजबहादुर दर्लामी ,योग गुरु प्रेम आलोक ,गणेश गैडेल, सिर्जना पौडेल ,आशा कार्की लगायत नगरपालिकाका कर्मचारी ,शिक्षक तथा जनसमुदायको सहभागिता रहेको थियो ।
योग प्रतिको विशेषता दर्सौउदै पुर्व मन्त्रि पोखरेलले योगले मानिसलाई चिन्ता र समस्याबाट जोगिन बाटो देखाउने कार्य गर्ने बताएका छन् ।उनले भने “चिन्ता बाट मुक्ति पाउने बाटो नै योग हो । योगले शारीरिक समस्या निराकण गर्नुका साथै शरीरलाइ उर्जा प्रदान गर्ने तथा आयु बढाउँन मद्दत गर्दछ । शरीर रुपान्तरण गर्ने शक्तिशाली शासन योग,ध्यान हो । यो ७ औ राष्ट्रिय योग दिवस मात्र नभएर हामीले अन्तराष्ट्रिय योग दिवस पनि मनाउछौ । तसर्थ मानिसलाइ जीवनको हरेक आधारभुत आवश्यकता संगै जीवनमा आत्मादेखि खुसि तथा सन्तुष्टि प्राप्त गर्न ध्यानको जरुरत पर्दछ ।
उनले योगले मानिसलाई प्रकृति मैत्री बनाउछ भन्दै योगले जीवनको समग्र विषय समेटर हिड्ने उल्लेख गरेका छन् । साथै गौशाला नगरपालिकामा प्रभावकारी शिक्षण नभएकोले शिक्षकहरु बदल्नुपर्ने ,विद्यालय व्यवस्थित गर्नुपर्ने नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।
गौशाला नगरपालिकाको १२ वटै वडामा योग ध्यान केन्द्र स्थापना गर्ने बताउदै नगर प्रमुख शिवनाथ महतोले गौशालाको आरोग्य केन्द्रमा नियमित रुपमा योग संचालन हुने जानकारी दिएका छन् ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
5 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
9 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
7 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
7 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
9 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..
2 वर्ष पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments