जेठ ४ गते स्थानीय तहको निर्वाचन

4 वर्ष पहिले प्रकाशित

(2078-10-18 B.S.)

4833 पटक देखिएको

माघ १८

सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।आज बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भएकोले तयारी थाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने पनि बताएका छन्।

आयोगले जेठ ४ मा निर्वाचन गर्न आयोग तयार रहेकोसमेत बताएको थियो।

निर्वाचन व्यवस्थापनका लागि १२० दिन आवश्यक पर्ने भए पनि मतदाता नामावली संकलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले जेठमा निर्वाचन गर्न सकिने आयोगको भनाइ थियो।

साथै प्रधानमन्त्री देउवाले एकैचरणमा निर्वाचन गर्ने पनि बताएका थिए। ०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।

त्यसबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ मा सकिँदैछ। निर्वाचन आयोगले कार्यकाल सकिने दिन जेठ ५ अघि नै स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्न नपर्ने बताउँदै आएको थियो।सत्तारूढ गठबन्धनमा भने जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति भएको थियो। गठबन्धनले आयोगको परामर्शमा सरकारलाई चुनावको मिति तोक्न भनेको थियो।

गठबन्धनले केही समयअगाडि राखेको बैठकमा केही संविधानविद्हरूले स्थानीय तह निर्वाचन ऐन २०७३ र संविधानका व्यवस्था बाझिएकाले ऐन संशोधन गर्न सुझावसमेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले