एमसीसी कुनै पनि हालतमा पारित हुनुहुदैन : नेता साह

5 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

3812 पटक देखिएको

गौशाला 

फाल्गुन ५ ,बिहिबार 
अनेरास्ववियु (क्रान्तिकारी )का नेता सुर्यनारायण साहले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने बताएका छन् । बिहिबार एक कार्यक्रमबीच आफ्ना भनाइ राख्दै नेता साहले एमसीसी पारित हुन नदिनको लागि आफु कुनै पनि हद  सम्म जान सक्ने चेतावनी दिएका छन् ।

उनले भने ,एमसीसी पारित हुनु नेपाली जनताको लागि  दुख तथा कस्टदायी अवस्था सिर्जना हुनु हो। यसको विरुद्धमा हामी सशक्त आन्दोलन गर्न पनि तयार छौ ।

उनले एमसीसी खारेज हुनुपर्ने,राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु जरुरि रहेको र एमसीसी सम्झौता पास गर्न खोज्ने राष्ट्रघाती भएको बताए ।

‘ज्यान दिएर सहिदहरुले सार्वभौम नेपाल बनाएकोमा अहिले एमसीसीका नाममा अरुको गुलाम बनाउने षडयन्त्र भैरहेको छ’, उनले थपे , ‘हामी कुनै पनि हालतमा एमसीसी स्वीकार गर्दैनौं ।’

एमसीसी सम्झौतामा भएमा विदेशीले नेपालमा आतंक मच्चाउने चेतावनी दिंदै सबैले त्यसको विरोध गर्नुपर्ने उनको भनाइ रहेको छ । त्यस्तै एमसीसी राष्ट्रघात भएको भन्दै उनले खारेज गर्न माग समेत सरकार संग गरेका छन् ।

त्यसैगरी एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

मोर्चाले फागुन ६ गते संसद भवन घेराउ गर्ने नेता साहले जानकारी दिएका छन्  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले