सभापतिमा क्षेत्री सहित पुरै प्यानल विजयी

5 वर्ष पहिले प्रकाशित

(2078-11-19 B.S.)

3242 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज , फाल्गुन २० 

नेपाली कांग्रेसकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदानकाे शुक्रबार विहान आएकाे अन्तिम मतगणनाकाे नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार विजयी भएका हुन् ।

नेपाली कांग्रेस पर्साकाे जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे पुरै प्यानल विजयी भएकाे छ । क्षेत्री ४ सय ६५ मतकाे अन्तरले विजयी भएका हुन् । क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन् भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत पाएका छन् ।

सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति हुन् । उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशाेक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन् भने उप सभापतिका पटेल प्यानका उम्मेदवार डा. कृपा सिन्धु चाैधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।

सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चाैधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चाैधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् । सह सचिवमा क्षेत्री प्यान कै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।

क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतका नेताकाे समर्थन रहेकाे थियाे भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुकाे समर्थन रहेकाे थियाे । त्यसै क्रममा विजय भएका पदाधिकारीहरुलाइ नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता र राहुल कुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले