कमिसन मुक्त गौशालालाई बनाउनेछु: नेता साह
निरन्जन साह
नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य विजय साहले पार्टीमा नगरप्रमुखको दाबेदारी गरेका छन् । रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा उनले आउँदो चुनावमा आफू नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई कमिसन मुक्त बनाउने प्रतिबद्धता कार्यक्रम मार्फत गरेका छन् पछिल्लो समयको राजनीतिक अवस्था जन समुदायको लागि निन्दनीय रहेको बताउँदै उनले जबसम्म भ्रष्टाचार तथा कमिसनको प्रवृत्ति रहन्छ तर तबसम्म यो समुदायमा विकासको सम्भावना पटक्कै नरहेको बताएका छन् ।
आउँदो वैशाख ३० गतेको चुनावमा नगरप्रमुख बन्न सफल भएमा एउटा असल प्रतिनिधिको कर्तव्य निर्वाह गर्नेछु । उनले भने, “अब एउटा युवा नेतालाई जनसमुदायले मौका दिनुपर्छ पुराना व्यक्तिहरू र पहिलाको नराम्रा प्रवृत्तिहरू समाजबाट हटाउनु एकदमै जरुरी रहेको छ । गैरजिम्मेवार होइन म विकास चुनौती र अवसरलाई मध्यनजर गरी गौशाला नगरपालिकामा कसैले गर्न नसकेको कार्य गरेर देखाउने छु ।"
उनले राजनीतिमा आजको आवश्यकता सक्षम, शिक्षित र युवावर्गको रहेको औल्याएका छन् साथै उनले युवावर्गलाई समय र अवसर दिएमा मात्र समृद्ध समाजको निर्माण हुने बताएका छन् ।
आजसम्मको ठाउँमा आइपुग्न उनले आफूले धेरै चुनौतीहरूको सामना गर्नुपरेको सम्झिँदै उनले भने, "२०५५ सालमा एसएलसी दिए पश्चात म माओवादी पार्टीतिर लागे जनताको सेवाको निमित्त । २०५७ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएको थिए । २०५८ सालमा एरिया इन्चार्ज डेढ वर्षसम्म भएको थियो । त्यसपछि करिब 3 बर्ष छिमेकी मुलुक भारतमा पार्टीको कार्यको सिलसिलामा बिताए । २०६१ सालमा तत्कालीन श्री ५ सरकारको सिभिलमा आएको युनिफाइड टोलीले सर्लाहीको भक्तिपुर स्थित कामको सिलसिलामा गएको बेला मलाई पक्राउ गरेको थियो । समातेर उनीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगी कारागारमा १५ दिनसम्म हातखुट्टामा हतकडी र आँखामा पट्टी बाधेर कालकोठरीमा मलाई राखिएको थियो । त्यसपछि १६ औ दिनमा मलाई सर्लाहीको मलङ्गवा कारागारमा पठाइयो ७ महिना कारागारमै बसे । त्यसपछि म माथि विभिन्न झुठा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइयो । तीन महिना त्यहाँ बसेँ । त्यसपछि अनुसन्धानको क्रममा मलाई जिल्लाप्रहरी कार्यालय धनुषामा जिम्मा लगाइयो त्यसपछि एक महिनाजति बारम्बार एक मुद्दाको रिहाइ भएपनि अर्को मुद्दामा लगातार प्रहरीले कारागारमा राखे । पछि पार्टी सम्झौतामा गयो र मलाई जि.प्र.का.धनुषाबाट रिहा गरियो । मेरो रिहाई हुनुमा मिडिया तथा प्रत्रकारको मुख्य भूमिका रहेको थियो। ”
यसरी उनले विगतका दिनमा आफुले गरेको संघर्ष सम्झिदै राजनीति क्षेत्रमा परिवर्तनको लागि आफुले पाइला टेकेको र आगामी दिनहरुमा पनि जनताको मर्म बुझेर नितान्त जनसेवामा समर्पित हुने धारणा व्यक्त गरेका छन् ।
"गौशाला व्यापारिक केन्द्रलाई चौतर्फी जोड्नको लागि युवाको खाचो देखिएको छ । पार्टीले टिकट दिएका गौशाला नगरपालिकाको चौतर्फी विकास गर्ने छु उनले भने ।"
गौशाला नगरपालिकाको सल्लाहकार भएतापनि आफ्नो कुनै सल्लाह नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले नमानेको उनले बताएका छन् । "जनताको विकासको नगर प्रमुख समक्ष पहल गर्दा पनि मरो कुराको वेवास्ता गरि बैठकहरुमा समेत मलाई डाक्न छाडेका छन्, उनले भने ।"
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
2 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
2 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
3 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
5 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
6 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
18 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
3 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
4 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशाला..
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम..
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको ..
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर ..

कमेन्ट गर्नुहोस्
view comments