संचार मन्त्रि साहद्वारा मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी

5 वर्ष पहिले प्रकाशित

(2078-12-30 B.S.)

14888 पटक देखिएको

चैत्र ३० 

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारलाई मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी दिएका छन् । प्रदेश प्रहरी भर्ना गर्न आलटाल गरिरहेको उल्लेख गर्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन् । संघीय सरकारले सहमति नदिए पनि प्रदेश प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् ।

प्रदेशसभामा पेस गरिएको प्रदेश प्रहरी संकल्प प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै मन्त्री साहले प्रदेश प्रहरी भर्नाका लागि मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव लग्ने दाबीसमेत गरे । ब्युरोक्रेट्स पनि प्रहरी समायोजन गर्न डराएका छन् । म प्रहरी भर्ना खोल्छु,’ मन्त्री साहले भने,‘प्रदेशसभाले निर्देशन दियो भने म ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लग्छु । देश द्वन्द्वमा जान्छ भने जाओस् । म प्रहरी भर्ना निकाल्छुनिकाल्छु ।

संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाइसके पनि प्रहरी समायोजन नगर्दा प्रदेश सरकारहरूले आफ्नो प्रहरी गठन र भर्ना खोल्न सकेको छैनन् ।

लामो समयदेखि प्रहरी समायोजन थाँती रहँदा मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा प्रहरी समायोजन गर्न रिटसमेत हालेको छ । संघ र प्रदेशले ऐन बनाइसके पनि संघीय सरकार प्रहरी समायोजन गर्न आनाकानी गरिरहेको छ,’ मन्त्री साहले भने,‘संघीय सरकारले सधैं हेर्दैछुगर्दैछु भन्दै टार्छन् । एउटा समायोजनको सूचना निकालेपछि प्रहरीले जान चाहने आआफनो प्रदेश रोज्छन् र बाँकी सिटमा प्रदेश सरकारले भर्ना खोल्छ ।

प्रदेशसभाको बैठकले प्रदेश प्रहरीसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । मैले पार्टी अध्यक्ष प्रचण्डजीलाई पनि भनेको छु, संविधानको अधिकार दिइएन भने विद्रोह गर्छु । तपाईं र पार्टीले साथ दिनुपर्छ ।उनले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको विरुद्धमा आन्दोलन गर्न र त्यसको अगुवाई आफू गर्न तयार रहेकोसमेत बताए ।

गाउँगाउँ र टोलटोलबाट संघीय सरकारविरुद्धमा जनता उतारौं । त्यसको नेतृत्व गर्न म तयार छु,’ उनले भने,‘प्रदेश प्रहरी भर्ना प्रक्रिया अब अगाडि बढ्छ । संघीय सरकार सर्वोच्च अदालतमा रिट हालोस् । हामी कानुनी लडाइँ लड्न तयार छौं । अधिकार थुतेर लिनुपर्छ । दया र मायाले पाइन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले