पाँच वर्षको कार्यकाल, ९५ प्रतिशत काम सम्पन्न :नगर प्रमुख शिवनाथ महतो

4 वर्ष पहिले प्रकाशित

(2079-01-06 B.S.)

6862 पटक देखिएको

ममता शर्मा 

गौशाला 

२०७४ सालमा भएको स्थानीय तह चुनावमा निर्वाचित भएका महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले नगरमा ९५% विकासका कार्यहरु सम्पन्न भएको बताएका छन् । रेडियो जुनतारा १०३.४  मेगाहर्जमा प्रसारित कार्यक्रम जनआवाजमा उनले गौशाला नगरपालिकामा अधिकांश कार्यहरु सम्पन्न भएको र  केही प्रतिशत मात्र बाँकी रहेको बताएका छन्  अघिल्लो चुनावको समयमा जनतासमक्ष गरेको प्रतिबद्धता उनले पूरा गरेको समेत दाबी गरेका छन् 

गौशाला नगरपालिकामा विकासका धेरै कार्यहरूको सम्पन्न तथा थालनी भएको छ । उनले भने, "३२ करोडको डिपिआर लगानी र १२  बिघा जग्गामा उद्योग ग्रामको स्थापना गौशाला नगरपालिका वडा नम्बर ८ मा हुँदैछ   १५० हेक्टर जग्गामा विपन्न परिवारलाई रोजगारका लागि बगर खेती सञ्चालनमा रहेको छ । जसमा विद्युतीयकरण, सिँचाइ आधुनिकीकरण, घेरबेरा लगायतका ट्याक्टरको व्यवस्था गरिएको छ  कोल्ड स्टोरको स्थापना गरिँदै छ।  जसको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ  युवाहरुलाई गलत कुलतबाट बचाउको निम्ति र दुर्घटना नियन्त्रण गर्नका निम्ति नगरमा सुधार केन्द्रको स्थापना भइरहेको छ  त्यस्तै नगरको लगानीमा ४४ कट्ठा जग्गामा इन्जिनियरिङ क्याम्पस स्थापना, जुन राजर्षि जनक विश्वविद्यालयको शाखाको रुपमा सञ्चालन हुनेछ  गौशाला नगरपालिकाको आफ्नो भवन समेत निर्माण भइ कार्य थालनी भएको छ  जसले गर्दा भाडाको खर्च जोगिने बाटो खुलेको छ । यो भवन मधेश प्रदेशकै नमुना भवनको रुपमा रहेको छ।"

यस्तै उनले सिटिइभिटीको साझेदारीमा गौशालामा आयुर्वेद  कलेज समेत सञ्चालनमा रहेको बताएका छन् । तर कृषिको कार्य भने ३० प्रतिशत मात्र भएकोले बताए उनले भने, “गौशाला नगरपालिकामा स्वास्थ्य चौकी नभएको ५ वटा वडामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ  त्यस्तै कान्तिबजार गौशाला १२  मा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।"

त्यस्तै उनले गौशाला नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालयको स्थापना देखि लिएर सडक ढलान, कालोपत्रे, कवर्ड हलको स्थापना लगायत विभिन्न विकास निर्माणका कार्य गर्न गौशाला नगरपालिका यस पाँच वर्षको अवधिमा सफल भएको बताए 

केही बाँकी कार्यहरु पनि रहेको जनाउँदै उनले अब आगामी निर्वाचनमा जनताले साथ दिएर जिताएमा ती कार्यहरु पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले गौशाला नगरपालिकामा आजसम्म भएका विकास निर्माणका कार्यहरु मधेश प्रदेशका अन्य गाउँपालिका नगरपालिका भन्दा अतुलनीय रहेको दाबी समेत गरेका छन् । उनले आगामी निर्वाचनमा पुनः नगरप्रमुख बन्न सफल भएमा गौशाला  नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरी हरेक किसिमको सुबिधा जनसमुदायलाई प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले