गौशाला १२ को वडा अध्यक्षमा ललित सिंहको स्वतन्त्र उम्मेदवारी
गौशाला
गौशाला नगरपालिका वडा नं.१२ को वडा अध्यक्षमा ललित कुमार सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । माओवादी पार्टीबाट बिद्रोह गरेर सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।
शनिबार कान्तिबजारमा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई उम्मेदवार बनाएको हो । "दल होइन व्यक्ति खोजौ, पार्टी होइन स्वतन्त्र रोजौ " नाराका साथ सिंहले उम्मेदवारी घोषणा गरेका हुन । राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नयाँ अनुहार अवसरबाट बञ्चित भएका कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको सिंहले बताए ।
माओवादीको आधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्यकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको सिंहले दावी गरे । वडा अध्यक्षमा निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए ।
सामान्य विरामी पनि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन वडामा इर्मेजेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा आवासिय र अंग्रेजी माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका छन् ।
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
22 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
2 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
3 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
3 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
3 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
3 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments