आफ्नो प्रतिबद्धता पुरा गरेर देखाउने छु : नेता महतो

4 वर्ष पहिले प्रकाशित

(2079-01-14 B.S.)

4837 पटक देखिएको

Niranjan Kumar Sah

गौशाला

गौशाला नगरपालिकाको लोसपा पार्टीका मेयर पदका उम्मेदवार देवनारायण महतोले आफनो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

समृद्ध र विकसित नगरपालिका बनाउने लक्ष्यका साथ उम्मेदवारी दर्ता गराएका महतोले आफनो विकासको योजना देखेर जनताले आफुलाई विजयी गराउने बताएका छन ।आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि लोसपाबाट नगर प्रमुखमा देव नारायण महतो र नगर उप प्रमुखमा लाल कुमारी लामाले उम्मेदवारी दिएका छन्  ।

आफनो पक्षमा जनताको अपार जनलहर रहेकोले आउँदो निर्वाचनमा आफु जितेरै छाड्ने उनले दावी गरे ।नगरमा आफना पकड बलियो रहेकोले आफना जित निश्चित रहेको कारण निर्धक्क भएर लोसपाको चुनाव साइकल छापमा मोहर लगाई आफुलाई अत्याधिक मतले विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन् ।

आफु चुनाव जितेपछि सबभन्दा पहिला शिक्षालाई सुधार गर्ने, टोल टोलमा भरपर्दो उपचारका लागि राम्रा हस्पिटलको स्थापना गर्ने, पुर्वाधार निर्माणको कामदेखी लिएर जनतालाई सहज हुने अन्य कामकाज गर्ने उनले प्रतिवद्धता जनाएका छन ।

माओवादी पार्टीलाई एकपटक मौका दिसकेकोले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समाज परिवर्तन गर्ने र भ्रष्टाचारलाई जराबाटै उखेलेर फाल्ने सोच राखेका महतोलाई साथ दिएर जिताउने भनी नगरमा चर्चा परिचर्चा शुरु भएको उनले दावी गरेका छन् ।

सरकारी सेवा सुविधा पनि केही लिँदैन भनेर करोडौँको गाडी चढ्नु र निर्वाचनको बेलामा गरेका प्रतिबद्धता एवम् खाएका कसमहरु बिर्सिएर जनतामा करको बोझ लादेका कारण पनि नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने उनको धारणा छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले