जनताको अपेक्षाले बन्न बाध्य बनायो उम्मेदवार : नगर प्रमुख प्रत्यासी नेता खड्का

4 वर्ष पहिले प्रकाशित

(2079-01-16 B.S.)

3676 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

आसन्न स्थानीयतहको निर्वाचनको लागि  औरही नगरपालिकामा लोसपा पार्टीबाट नगर प्रमुखको उम्मेदवारी दिनुभएका नेता प्रदिप खड्काले जनताको अपेक्षाले आफुले उम्मेदवारी दिएको बताउनु भएको छ  ।

रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट प्रसारित जनआवाज कार्यक्रममा आफ्नो प्रतिक्रिया दिदै उहाले यस्तो बताउनु भएको हो । खड्काले औरही नगरपालिकाको जनतालाई आफ्नो खाचो रहेको बताउदै भने , औरही नगरपालिकालाई विकास चाहिन्छ भने हाम्रोलाई हैन राम्रोलाई जिताउनुहोस ।

सरकारले माध्यमिक शिक्षा निःशुलक गरेपनी औरही नगरपालिकामा शुल्क दिदै गरेको प्रबृत्तिलाई निर्वाचित भएपछी यसपालिकामा रहेका सम्पुर्ण माध्यमिक शिक्षा निःशुल्क गरिने गरी शिक्षामा सुधारको योजना अघि बढाउने बताउनुभयो ।

औरहीका जनताहरुले विकास हेर्न चाहेको, देखिनेगरी विकासको अनुभुती गर्न चाहेको भन्दै उहाँले एक पटक आफ्नो मत दिएर जिताउन नगरवासीमा आग्रह गर्नुभयो ।

यसक्षेत्रको सडक, ढलनिकासको समस्या पहिलो प्राथमिकतामा राखेर विकास अघि वढाउने भन्दै उहाँले नगरवासीको मत र साथ आवश्यक रहेको बताउनुभयो । एक चोटी काम गर्ने मौकादिनुस, नगरवासीले चाहेको जस्तो कामगर्न नसके सजायको भागिदार हुनतयार रहेको बताउनुभयो ।

भ्रष्टाचाररहित समाज निर्माणले नगरपालिकाको शिक्षा,स्वास्थ,खानेपानी, युवा स्वरोजगार, कृषि पर्यटनको क्षेत्रमा काम गरेर जनतालाई विकास के भन्ने अनुभुतीगरेर देखाउने उहाले दावी गर्नुभयो ।

एक वडा एक कृषि उत्पादन ,कृषि सडकको बिस्तारको साथसाथै हरेक वडामा ढुवानीका लागि गाडीको निःशुल्क सेवा, हरेक किसानलाई समयमै मलखाद्य,बिउको व्यवस्थापन गर्ने बताउनुभयो ।

अरुले बोल्छन तर प्रदिप खड्काले काम गरेर देखाउँछ र गर्छ । नेता खड्का  कुर्सीमा नरहे पनि जनताका लागि दिनरात काँधमा काध राखेर जनताको दुःख सुखको सहयात्री  हुनाले आफ्नै लगानीमा जनतालाई सेवा गरेको उहाले  बताउनुभयो ।

उहाले भन्नु भयो, "मैले नेवि संघबाट राजनीती सुरु गरेको हु ।  २०३६ सालमा एसएलसी पास गरेर म काठमाडौं जादा त्यहाँ भएको आन्दोलन सहभागी साथीहरु संग म पनि नेवि संघमा सक्रिय भए । अस्कल काण्डमा थुनामा पनि बसे । २०३७ सालमा जनकपुरको राराब क्याम्पसमा भर्ना भए र २०४१ सालमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य भएको थिए । २०४२ सालमा सत्याग्रहमा भाग लिएको थिए । २०४३ सालमा गाबिस अध्यक्षमा पार्टीको नीति निर्देशन अनुसार स्थानीय तहको चुनाव पनि लडेको थिए ।"

आफुमा कुनै किसिमको स्वार्थ नभएको बताउदै उहाले भन्नुभयो ,आज सम्म राजनीतिक लाभको कुनै पनि पद मैले लिएको छैन । चाहे संविधान सभाको चुनाव होस् चाहे स्थानीय तहको चुनाव ,मैले सधै अरुलाई निस्वार्थ रुपमा सहयोग गरेको छु  । अहिले यस नगरपालिकामा जुन नेपाली कांग्रेसको स्थिति बलियो छ।  त्यो मेरो नै योगदान हो । पार्टीले यहाँ निर्देशन विपरित काम गरेको हुनाले यसलाई छोडेर मैले लोसपामा प्रवेश गरेको हु र आज औरही नगरपालिकाको जनताको अपेक्षाले गरिकन नै मैले नगर प्रमुख उम्मेदवारी दिएको हु ।"

खड्काले जनसमुदायले हरेक सपना साकार गरेर देखाउने प्रतिबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

2 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

3 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

6 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

7 दिन पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

8 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

15 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

3 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

4 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

5 महीना पहिले