जनताको अपेक्षाले बन्न बाध्य बनायो उम्मेदवार : नगर प्रमुख प्रत्यासी नेता खड्का

4 वर्ष पहिले प्रकाशित

(2079-01-16 B.S.)

3769 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

आसन्न स्थानीयतहको निर्वाचनको लागि  औरही नगरपालिकामा लोसपा पार्टीबाट नगर प्रमुखको उम्मेदवारी दिनुभएका नेता प्रदिप खड्काले जनताको अपेक्षाले आफुले उम्मेदवारी दिएको बताउनु भएको छ  ।

रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट प्रसारित जनआवाज कार्यक्रममा आफ्नो प्रतिक्रिया दिदै उहाले यस्तो बताउनु भएको हो । खड्काले औरही नगरपालिकाको जनतालाई आफ्नो खाचो रहेको बताउदै भने , औरही नगरपालिकालाई विकास चाहिन्छ भने हाम्रोलाई हैन राम्रोलाई जिताउनुहोस ।

सरकारले माध्यमिक शिक्षा निःशुलक गरेपनी औरही नगरपालिकामा शुल्क दिदै गरेको प्रबृत्तिलाई निर्वाचित भएपछी यसपालिकामा रहेका सम्पुर्ण माध्यमिक शिक्षा निःशुल्क गरिने गरी शिक्षामा सुधारको योजना अघि बढाउने बताउनुभयो ।

औरहीका जनताहरुले विकास हेर्न चाहेको, देखिनेगरी विकासको अनुभुती गर्न चाहेको भन्दै उहाँले एक पटक आफ्नो मत दिएर जिताउन नगरवासीमा आग्रह गर्नुभयो ।

यसक्षेत्रको सडक, ढलनिकासको समस्या पहिलो प्राथमिकतामा राखेर विकास अघि वढाउने भन्दै उहाँले नगरवासीको मत र साथ आवश्यक रहेको बताउनुभयो । एक चोटी काम गर्ने मौकादिनुस, नगरवासीले चाहेको जस्तो कामगर्न नसके सजायको भागिदार हुनतयार रहेको बताउनुभयो ।

भ्रष्टाचाररहित समाज निर्माणले नगरपालिकाको शिक्षा,स्वास्थ,खानेपानी, युवा स्वरोजगार, कृषि पर्यटनको क्षेत्रमा काम गरेर जनतालाई विकास के भन्ने अनुभुतीगरेर देखाउने उहाले दावी गर्नुभयो ।

एक वडा एक कृषि उत्पादन ,कृषि सडकको बिस्तारको साथसाथै हरेक वडामा ढुवानीका लागि गाडीको निःशुल्क सेवा, हरेक किसानलाई समयमै मलखाद्य,बिउको व्यवस्थापन गर्ने बताउनुभयो ।

अरुले बोल्छन तर प्रदिप खड्काले काम गरेर देखाउँछ र गर्छ । नेता खड्का  कुर्सीमा नरहे पनि जनताका लागि दिनरात काँधमा काध राखेर जनताको दुःख सुखको सहयात्री  हुनाले आफ्नै लगानीमा जनतालाई सेवा गरेको उहाले  बताउनुभयो ।

उहाले भन्नु भयो, "मैले नेवि संघबाट राजनीती सुरु गरेको हु ।  २०३६ सालमा एसएलसी पास गरेर म काठमाडौं जादा त्यहाँ भएको आन्दोलन सहभागी साथीहरु संग म पनि नेवि संघमा सक्रिय भए । अस्कल काण्डमा थुनामा पनि बसे । २०३७ सालमा जनकपुरको राराब क्याम्पसमा भर्ना भए र २०४१ सालमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य भएको थिए । २०४२ सालमा सत्याग्रहमा भाग लिएको थिए । २०४३ सालमा गाबिस अध्यक्षमा पार्टीको नीति निर्देशन अनुसार स्थानीय तहको चुनाव पनि लडेको थिए ।"

आफुमा कुनै किसिमको स्वार्थ नभएको बताउदै उहाले भन्नुभयो ,आज सम्म राजनीतिक लाभको कुनै पनि पद मैले लिएको छैन । चाहे संविधान सभाको चुनाव होस् चाहे स्थानीय तहको चुनाव ,मैले सधै अरुलाई निस्वार्थ रुपमा सहयोग गरेको छु  । अहिले यस नगरपालिकामा जुन नेपाली कांग्रेसको स्थिति बलियो छ।  त्यो मेरो नै योगदान हो । पार्टीले यहाँ निर्देशन विपरित काम गरेको हुनाले यसलाई छोडेर मैले लोसपामा प्रवेश गरेको हु र आज औरही नगरपालिकाको जनताको अपेक्षाले गरिकन नै मैले नगर प्रमुख उम्मेदवारी दिएको हु ।"

खड्काले जनसमुदायले हरेक सपना साकार गरेर देखाउने प्रतिबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले