आजको प्रतिबद्धता चुनावपछी लागु हुन्छ :नगर प्रमुख प्रत्यासी बलम्पाकी

4 वर्ष पहिले प्रकाशित

(2079-01-17 B.S.)

5038 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

नेकपा एमाले पार्टीका बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रत्यासी टेक बहादुर बलम्पाकीले आजको प्रतिबद्धता चुनावपछी लागु हुने बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा आफ्नो अन्तर्वार्ता दिदै उनले यस्तो बताएका हुन् ।

बर्दिबासमा परिवर्तनको आवश्यकता औल्याउदै उनले भने ,”अहिलेको राजनीति अवस्था ,भ्रष्टाचार स्थानीय तहमा देखेर जनता रुष्ट भएका छन् । जनताको चाहे अनुरुपको विकास कसैले गर्न सकेका छैनन उम्मेदवारहरुले चुनाव जित्न जनतालाई धेरै आश्वासन दिने गरेका छन् तर त्यसको पूर्ति सुन्य हुन्छ । आश्वासन अनुसार काम गर्न नसकेकाले जनता रुष्ट छन् । तसर्थ यसको विकल्प एमाले हो भन्ने जनतालाई थाहा छ ।

बर्दिबास नगरपालिका विकासोन्मुख नगरपालिका भन्दै उनले यहाँ जुन गतिमा विकास निमार्णको काम हुनुपर्ने थियो त्यो हुन नसकेको बताएका छन् ।उनले भने, बर्दिबास नगरपालिकालाई नयाँ स्वरूप दिनुपर्छ भनेर म अगाडि आएको हुँ । यसलाई नगर हुँदै महानगर बनाउनुपर्छ भन्ने योजनाका साथ हामी अगाडि आएका छौं । घोषणामार्फत हामीले बर्दिबासलाई सफा, सुन्दर र व्यवस्थित बनाउने योजना अगाडि सारेका छौं । यहाँ मुख्य यातायात व्यवस्थापन, सडकमा पार्किङको समस्या, ढलको समस्या छन् । सडकहरूमा पनि त्यस्तै समस्या देखिएका छन् ।  व्यवस्थित शहर बनाउनका लागि ती समस्या समाधान गर्नुपर्ने छ, हामी त्यसमा लाग्ने छौं । १४ वटा वडा रहेको नगरपालिकामा नागरिकका आधारभूत आवश्यकता पनि पूरा गर्न सकेका छैनौं, त्यसलाई पनि हामी पूरा गर्छौं ।

जनताहरू अझै पनि स्वच्छ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका आधारभूत सेवाबाट वञ्चित छन्, त्यसलाई कसरी पूरा गर्दै लैजाने भन्ने कुराको योजना लिएर अगाडि बढेको उनले बताएका छन् । बर्दिबासमा  अव्यवस्थित बसोवासको धेरै ठूलो समस्या छ, त्यसलाई मुख्य एजेण्डा बनाएर जान्छौं । उनले भने पाँच वर्षअगाडि र अहिलेको अवस्था धेरै फरक छ । हिजो के थियो भन्ने नहेरौं अहिले के छ भनेर हेर्नुपर्छ । परिस्थिति परिवर्तन भएको छ । पार्टीको गतिले गर्दा पनि मानिसहरूले एमालेलाई विश्वास गरेका छन् । एमाले पार्टीलेले विजय प्राप्त गर्छ भन्ने हाम्रो विश्वास हो स्वतन्त्र व्यक्ति अर्थात् संगठन नभएको व्यक्तिलाई जनताले विश्वास गर्ने कुरा भएन । कुनै पनि पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन । विकास गर्न संगठन चाहिन्छ, त्यो एमालेसँग छ ।

जनताको पक्षमा हरेक कार्य गर्न तत्पर रहेको बताउदै उनले भने ‘जनताका लागि रोटी, कपडा र मकान मुख्य कुरा हो । यसलाई सम्बोधन गर्ने उम्मेदवार नै हामीले पाएका छैनौं । पैसाको बलमा चुनाव लड्ने र मतदातालाई प्रभावित गरेर नजिता आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । यसले सही नेतृत्व ल्याउँदैन ।’तसर्थ अब नेकपा एमाले पार्टीले नै यहाको विकास सुनिश्चित गर्न सक्छ ।

त्यस्तै उनले समग्र नगरवासीलाई एमाले पार्टीलाई साथ दिन आग्रह गर्दै दिगो विकासको नगर प्रमुखमा आफुलाई एकपटक मौका दिन जनसमुदायमा अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले