सुन्दर वडाको निर्माण गर्नेछु : वडाध्यक्षको प्रत्यासी जयकिशोर यादव
निरन्जन साह
सोनमा गाउँपालिका वडा नम्बर ५ खैरबन्नीमा जनमत पार्टीबाट वडाध्यक्षको पदमा उम्मेदवारी दिएका जयकिशोर यादवले सुन्दर वडाको निर्माण गर्ने बताएका छन् ।
रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित जनआवाज कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । यस वडालाई म सुन्दर वडामा परिणत गरेर छाड्ने छु उनले भने, “जनताले बस एक मौका मलाई देओस, यस वडामा रहेका हरेक समस्यालाई प्राथमिकताको साथ अगाडि सारी समाधान गर्नेछु । यहाँको बजार, पोखरी, विद्यालय, सडक, शौचालय लगायत सम्पूर्ण विकास योग्य ठाउँहरुलाई व्यवस्थित गर्ने छु।"
जनमत पार्टीले सदैव किसानहरूको लागि महत्वपूर्ण योगदान दिँदै आएको उनले दाबी गरेका छन्। “गरिब विपन्न तथा किसानहरूको लागि जनमत पार्टीले दिनरात सोचेर अघि बढेको छ । उनीहरुको विभिन्न मागहरु पहल गर्न सदैव अरु पार्टीभन्दा एक कदम अगाडि रहेको छ । तसर्थ हाम्रो समाजमा अन्न, खाना उब्जाएर किसानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उनीहरूको कार्य सराहनीय छ । तर पनि आजसम्म कसैले किसानहरूको लागि केहि गर्न सकेको छैन । जुन जोगी आएपनि कानै चिरेको भने सरह भएको छ, स्थानीय तहको चुनाव। त्यसैले जनताले गम्भीरतापूर्वक सोच्ने समय आइसकेको छ । हाम्रो लाई हैन राम्रोलाई मत दिनुपर्छ नभए फेरि पाँचवर्ष पुर्पुरोमा हात लगाएर बस्नु पर्छ ।
स्थानीय तहको चुनावको लागि राजनीतिक दलमा मात्र नभएर जनतामा पनि जागरुकता सिर्जना हुनुपर्ने उनले जिकिर गरेका छन् । एकपटक चुनावमा निर्वाचित भएर आएमा बेरोजगारीको समस्या समाधान गरी रोजगार सिर्जना गर्ने, सडक निर्माण गर्ने, ढलनिकास गर्ने, नाला निर्माण गर्ने , नि:शुल्क शिक्षाको व्यवस्थापन गर्ने, किसानहरुका लागि सिचाई मल खाद बीउको आवश्यकता पूर्ति गर्ने उनले दावी गरेका छन् ।
त्यस्तै उनले आफ्नो एजेन्डाहरु जागरनाथ बाबा पोखरीको आम्दानीको सदुपयोग गरि रोजगार क्षेत्रमा लगानी गर्ने ,खेत खेतमा सिचाई तार पोलको निर्माण गर्ने ,शिक्षा तल देखि नै मजबुत बनाइ निशुल्क गर्ने , आफ्नो पहलमा वैदेशिक रोजगारमा फसेका व्यक्तित्वहरुलाई उद्धार गर्न सफल भएको छु र अझै गर्ने छु भनेर बताएका छन् ।
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
3 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
5 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
24 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्य..
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..

कमेन्ट गर्नुहोस्
view comments