म चुनाव जितेपछी जित मेरो होइन जनताको हुनेछ : नेता बिर्जु  मण्डल

4 वर्ष पहिले प्रकाशित

(2079-01-24 B.S.)

7022 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

महोत्तरीको भंगहा नगरपालिकाको नेपाली कांग्रेसका नगर प्रमुख प्रत्यासी बिर्जु मण्डलले नगरपालिकालाई चुनाव जितेपछी कृषिको हव बनाउने बताएका छन्  ।नगर प्रमुखको जित नभएर आफ्नै जित सुनिश्चित गर्नको लागि आफुलाई भोट दिन जनता समक्ष उनले अपिल गरेका छन् ।

उनले भने, "म स्थानीयवासीको आग्रहमा यस क्षेत्रमा आएको हुँ। त्यसैले मलाई विश्वास छ, म सबैको सहयोगमा यसमा सफल हुनेछु।  यहाँको नेतृत्वको बागडोर पढे लेखेको र युवाले पाउनुपर्छ भन्ने जनताको चाहाना छ। तर पछिल्लो समयको चुनावमा यो सम्भव भएन। पढेलेखेको युवा राजनीतित्रमा आउनका लागि अनिच्छुक हुँदा सर्वसधारणहरु निराश भइसकेका छन्। म यसक्षेत्रमा पढेलेखेको एउटा युवा समाजसेवकको रुपमा उभिएको छु। मैले जनताको समस्यालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको छु। जसलाई मनन गरी चुनावी घोषणापत्रमा उल्लेख गरेको छु। अनि कार्यान्वयन पनि गर्नेछु। म भंगहामा  विकासको क्षेत्रमा सफलता पाउनका लागि हरसम्भव प्रयासरत रहनेछु। भंगहावासीको समग्र विकासको निम्ति सबैको सल्लाहअनुसारको यात्रामा उतार्नका लागि आफूलाई तयारी अवस्थामा राखेको छु।"

नेता बिर्जु मण्डलका एजेन्डाहरु :

कृषी क्षेत्रः
– वातावरणीय अनुकुल मूल्याङ्कन गरी आयमुलक निर्वाहमुखी, आधुनिक कृषी उन्नत विउ विजनको व्यवस्था, पशुपालन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग समन्वय परामर्श गरी कृषी अनुदान उपलब्ध गराई स्थानीय कृषकहरुलाई प्रोत्साहन गरी बजार व्यवस्थापन गर्ने ।
– कृषी सम्बन्धी आवश्यक मल, औषधि र औजार सामग्रीको व्यवस्थापन गर्ने ।

खानेपानीः
- हरेक स्थानमा खानेपानीको ठाउ निर्माण गर्ने

- स्वच्छ खानेपानीको घर घरमा निशुल्क रुपमा प्रदान गर्ने

- खानेपानी उपलब्ध गराउनुका साथै पानीलाई खेर नजाने गरेर आवश्यकता अनुसार रिजर्भ ट्याङ्की ल्याउने ।

शिक्षा क्षेत्रः
– प्रत्येक विद्यालयमा कम्युटर कक्षा व्यवस्थापन गराई अध्ययन अध्यापन गराउने ।
– गुणस्तर शिक्षाको लागि नेपालको उत्कृष्ट सरकारी वा निजी विद्यालयको भ्रमण गराई शिक्षकहरुलाई शैषिक स्तर उन्नतीको व्यवस्थापन गराउने ।
– विद्यालयको शैक्षिक वातावरण सम्बन्धमा अभिभावकहरुसँग प्रत्येक ६ महिनामा शिक्षकसँग परामर्श गर्ने ।
– प्रत्येक विद्यालयको एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई वडाको विशेष शिक्षा अक्षयकोष स्थापना गरी अध्ययनमा सहयोग गर्ने ।

स्थास्थ्य क्षेत्रः
– स्वास्थ्य सम्बन्धी चाहिने पूर्वाधार अतिआवश्यक मानव स्रोत साधन र अन्य स्रोत साधनहरु भूगोल स्रोत साधन र अन्य स्रोत साधनहरु भूगोल क्षेत्र सुधार्न बस्तीलाई मध्यनजर गरी व्यवस्थापन गर्ने ।
– अपाङ्ग असक्त व्यक्तिहरुलाई पहिचान गरी राज्यबाट प्राप्त सेवा सुविधा उपलब्ध गराउने र वडाबाट विशेष अक्षयकोष स्थापना गरी बृद्धबृद्धा वा असक्त बालबालिकालाई निःशूल्क चेकजाँच र औषधि वितरण गर्ने ।

सडक यातायातः
बजार लगायत विभिन्न स्थानहरुमा सडक ढलान गर्ने ,नालाको निकास गर्न

विस्तार भइसकेका बाटोलाई मर्मत सम्भार तथा आवश्यकता अनुसार ढलान तथा पिच गर्ने ।

विद्युतः
– राष्ट्रिय प्रशारण लाइनलाई जनतासमक्ष विस्तार चााडो गर्न आवश्यक पहल गर्ने ।

धर्म संस्कृति संरक्षणः
– सबै जात–जाती, भाषा र धर्मलाई समान मान्याता दिई संरक्षण गर्ने ।

बजेटः
– वडाको सर्वाङ्गीन विकासको निमित्त हरेक आर्थिक वर्षमा विनियोजित पारदर्शी र सबै साविक वडालाई समेटेर लैजाने ।
– बृद्धभत्ता र एकल महिला अपाङ्गता भत्ता बैंक र पालिकाका समन्वयमा  वडा बाट नै वितरण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

3 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

18 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

4 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

4 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

4 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

4 महीना पहिले